सडक अन्तर्गत २४ पुल निर्माण सम्पन्न हुने चरणमा रहेकोको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।

जनकपुरधाम, १७ साउन।
मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको सडक आयोजनाले जनाएको छ ।
हुलाकी राजमार्ग निर्देशनालयका अनुसार यस खण्डमा २४ वटा पुल निर्माण भइसकेका छन् भने ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र भएको छ ।
निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको ४सय ६ किलोमिटरमध्ये ३४७ किलोमिटरमा कालोपत्र भइसकेको छ । धनुषामा तीन, सर्लाहीमा सात, महोत्तरीमा तीन र सिरहामा तीन गरी १९ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेको निर्देशनालयले जनाएको छ । कालोपत्र गर्न बाँकी ५८ किलोमिटर सडकमध्ये १२ दशमलव ८ किलोमिटर सडकको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ ।
चालु आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले राससलाई बताए ।
सिरहामा करिव ३० किलोमीछर, महोत्तरीमा ९१ किलोमीछर सर्लाहीमा १५१ किलोमिटर निर्माण भएको जनाइएको छ।
निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम हुलाकी राजमार्ग एक हजार ७९२ किलोमिटर लामो हुनेछ । रासस