राष्ट्रपतिद्धारा कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा समवेदना प्रकट
काठमाडौै, १५ साउन।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरे ।
राष्ट्रपति कार्यालयका अनुसार पौडेलले शोकको यस घडीमा उहाँले शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरेका छन् । पौडेलले पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएर श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्र्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा पु¥याएर नेतृत्वदायी भूमिका खेलको बताए ।
राष्ट्रपतिले समवेदना व्यक्त गर्दे भने ‘ राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पु¥याउनु भएको योगदान सधै स्मरणीय रहिरहने बताउनुभएको छ । राष्ट्रपति पौडेलले श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा क्षति पुग्नुका साथै मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी व्यक्ती गुमाएको आफूले महसुस गरेको छु।’

