सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु’ देउवाले भनेका छन् ।

काठमाडौं, १४ साउन ।

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सरकारलाई राजनीतिक दलहरुसँग सहकार्य गर्दे हिंसा थप भडकिन नदिन आग्रह गरेका छन् । सामाजिक संजालबाट बिहिबार अबेर साँझ देउवाले भनेका छन् ‘हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न अनुरोध गर्दछु।’
देउवाले नेपालीहरुको विशेषता भनेको एकअर्काको सहअस्तित्व स्वीकार गर्दे आवसी सद्भाव, एकता र सहकार्य कायम राख्नु हो भने भनेका छन् । उनले भनेका छन् ‘केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो।’
‘म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु’ देउवाले भनेका छन् ‘यस घटनामा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’