निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्भावमा मधेसवादी दलको जोड
मधेशवादी दल तथा नेताले बिहिबार सार्वजनिक गरेको वक्तव्य, अपिलमा प्रधानमन्त्री मौन रहनु र गृहमन्त्रीको गतिविधि शंकास्पद देखिएकोले पनि घटना उग्र हुदै गएको हाम्रो निष्कर्ष हो विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं, १४ साउन ।
मधेसकेन्द्रित चार राजनीतिक दलले संयम र सद्भाव कायम गर्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्। जसपा नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, जनमतका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी र संविधानसभा सदस्य रामकुमार शर्माले ८ बुँदे विज्ञप्ति जारी गरेका हुन्।
विज्ञप्तिमा घटनाको छानबिनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गरिएको छ ।
वत्तव्यमा नागरिकहरूलाई संयम र सद्भाव कायम राख्न आग्रह गरेका छन्। घृणा वा उत्तेजनाले समाजलाई थप विभाजित बनाउने भएकोले सबै सत्य र कानुनको पक्षमा उभिन आग्रह गरिएको छ ।
पछिल्ला घटनाहरूलाई लक्ष्य गर्दै उनीहरूले मधेसलाई योजनाबद्ध रूपमा अस्थिर बनाउने प्रयास भइरहेको आशंका पनि गरेका छन्।
वक्तव्यमा भनिएको छ ‘ साम्प्रदायिक तनावजस्तो संवेदनशील परिस्थितिमा राज्यका निकाय अत्यन्त संयमm निष्ष्क्ष र कानूनी मर्यादाभित्र रही काम गर्नुपर्ने हुन्छ । तर घटना पछिको प्रहरी हस्तक्षेप र दमनका सम्बन्धमा गम्भीर प्रश्नहरु उठेका छन् । यी प्रश्नहको सत्यतथ्य, निष्पक्ष र पारदर्शी ढंगबाट सार्वजनिक हुन लोकतान्त्रिक राज्यको दायित्व हो ।’
वक्तव्यमा घटना भएको पाँचो दिनसम्म पनि प्रधानमन्त्री मौन रहेको बताउँदै गृहमन्त्रीको गतिविधि शंस्कास्पद देखिएको उल्लेख छ । वक्तव्यमा भनिएको छ ‘आज पाँचौ दिनसम्म मधेश जलिरहदा पनि
प्रधानमन्त्री मौन रहनु र गृहमन्त्रीको गतिविधि शंकास्पद देखिएकोले पनि घटना उग्र हुदै गएको हाम्रो निष्कर्ष छ । अतः प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गर्दे सम्पूर्ण नागरिकलाई शान्ति, सदभाव, न्याय र कानूनीशासन प्रति आश्वस्त पारुन ।’

