नेपाल चिकित्सक संघको आव्हानमा भएको दुई दिने हडतालका कारण मुलुकभर लाखौं बिरामी बहिरंग सेवा लिनबाट बञ्चित भएको पृष्ठभूमिका आज सरकार र सघबीच ५ बुँदे सहमति भएको छ ।यसबीच चिकित्सकहरुमाथि अभद्र व्यवहार गर्ने एसपि सुदिपराज पाठकलाई गृहमन्त्रालयले सरुवा गरको छ ।

काठमाडौं, १३ साउन।

पर्सा स्थित नारायणी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएको छ। चिकित्सक माथि भएको कुटपिट तथा वार्तामा गएका चिकित्सकहरुलाई सुरक्षा प्रमुखहरुले गरेको अभद्र व्यवहारलाई लिएर दुई दिन देखि चिकित्सकहरु आम हडतालमा उत्रिएका थिए । नेपाल चिकित्सक संघको आव्हानमा भएको दुई दिने हडतालका कारण मुलुकभर लाखौं बिरामी बहिरंग सेवा लिनबाट बञ्चित भएको पृष्ठभूमिका आज सरकार र सघबीच ५ बुँदे सहमति भएको छ । सहमति पछि आजैदेखि चिकित्सकहरु आआफ्नो जिम्मेवारीमा फर्र्किएको बुझिन्छ ।

बुधबार अपराह्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो । यसबीच चिकित्सकहरुमाथि अभद्र व्यवहार गर्ने एसपि सुदिपराज पाठकलाई गृहमन्त्रालयले सरुवा गरको छ । स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एक कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ।
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ। भएको जनाइएको छ ।

सहमति पत्र