प्रर्सा प्रहरी प्रशासनको विरोधमा नारायणि अस्पतालका ६८ चिकित्सकको सामुहिक राजीनामा
पर्साका प्रजिअ भोला दाहालले वार्तामा आएका चिकित्सक माथि अपशब्द प्रयोग गर्दे गालिगलौज गरेको र प्रहरीलाई आदेश दिएपछि प्रहरीले चिकित्सकहरुलाई डर, धम्कि दिदै एक घण्टासम्म नियन्त्रणमा राखेको आरोप छ ।
काठमाडौं १२ साउन ।
वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ चिकित्सकले पर्सा प्रहरी प्रशासनले चिकित्सकहरु माथि गरेको व्यवहारको भत्र्सना गर्दे सुपरिन्टेन्डेन्ट डा।चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका हुन ।
अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा।उदयनारायण सिंहले अस्पतालमा कार्यरत ६८ चिकित्सकले सामूहिक राजीनामा बुझाएका हुन ।

गत साउन ८ गते नारायणी अस्पतालमा कार्यरत डा। प्रमोद राममाथि कुटपिट हुनुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएको घटनालाई लिएर पर्सा प्रशासनले चिकित्सहरु मागि गरेको अभद्र व्यवहारनै सामुहिक राजीनामाको अवस्थामा पुगेको हो ।
राजीनामा पत्रमा चिकित्सकहरुले भनेका छन् ‘ .. दोषिहरुलाई कारबाही गरी कामकाज गर्ने वातावरण मिलाइदिनु हुन् प्रमुख जिल्ला अधिकारीके कार्यकक्षमा तपाई उपस्थितिमा संवाद र छलफल भइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारीज्यूको निर्देशनमा प्रहरी प्रमुखबाट चिकित्सकहरु माथि भएको दूव्यवहार, कुटपिट र घरपकड प्रति घोर भत्र्सना गर्दे चिकित्सकहरुको पेशागत अवस्था सुरक्षित नरहेको प्रमाणित भई कार्यसम्पादन गर्न असमर्थ देखाई हामी यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरु आजैमा मितिबाट लागु हुनेगरी राजीनामा घोषणा गरी यस राजीनामा पत्रमा हस्ताक्षर गरी श्रीमान् समक्ष पेश गरेका छौंं ।’
घाइते डा।रामको हाल राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँमा उपचार भइरहेको छ। उक्त घटनापछि चिकित्सकले आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन गर्दै आएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक भएका थिए । चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि अस्पतालका चिकित्सकहरू जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका लागि पुगेका थिए। तर, वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको चिकित्सकहरु बताउँछन्

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा एक चिकित्सकले राखेपछि प्रमुख जिल्ला अधिकारी आक्रोशित भएर प्रहरीलाई नियन्त्रणमा लिन आदेश गरेको चिकित्सकहरु बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले चिकित्सकप्रति अपशब्द प्रयोग गर्दै चिकित्सकहरुलाई नियन्त्रणमा लिएर एक घण्टासम्म थुनेका थिए । वार्ताबाट बाहिर निस्किने क्रममा प्रहरी परिचालन गरी चिकित्सकहरूलाई घेरा हालेर कार्यालयभित्र लगियो र करिब एक घण्टा नियन्त्रणमा राखिएको थियो। ‘हामीलाई अपराधीसरह व्यवहार गरियो। त्यसपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेका हौँ, चिकित्सकहरुको भनाई छ ।
प्रशासनको फौजी व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्। नारायणी अस्पतालमा भएको घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले मङ्गलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।

