मंगलबार ठूलो संख्यामा उपस्थित कांग्रेसजन, लेखक, पत्रकारको सहभागिताबीच पुस्तकहरु सार्वजनिक गरिएका हुन् । बुद्ध, बीपी र आजका नेता सामाजिक राजनीतिक लेखहरुको सँगालो हो भने लिलिपुटका लघुमानव कविता संग्रह हो ।

काठमाडौं, ५साउन ।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेका दुई सृजना बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव सार्वजनिक भएका छन् । कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भूसाल, कोषाध्यक्ष उमेश श्रेष्ठ, कांग्रेस, कांग्रेस सहमहामन्त्री उदयशमसेर राणा, संसदीय दलका नेता भिष्मराज आङदम्बे, बागमति प्रदेश प्रमुख एवं बागमति प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँ लगायतले सामुहिकरुमा पुस्तकहरुको विमोचन गरे ।
बुद्ध, बीपी र आजका नेता सामाजिक राजनीतिक लेखहरुको सँगालो हो भने लिलिपुटका लघुमानव कविता संग्रह हो । पुस्तक शिखा बक्सले प्रकाशन गरेको हो ।
मंगलबार ठूलो संख्यामा उपस्थित कांग्रेसजन, लेखक, पत्रकारको सहभागिताबीच पुस्तकहरु सार्वजनिनीकरण गरिएका हुन् ।
घिमिरेले २०८१, ८१ र ८२ सालमा लेखेका र विभिन्न अनलाइन, पत्रपत्रिकामा प्रकाशीत लेखहरुलाई पुस्तकीकरण गरेका हुन् । पुस्तकमा ४४ वटा लेख समावेश छन् ।
घिमिरे नेपाली कांग्रेसका सिद्धान्तनिष्ट, जुझारु नेताकोरुपमा चिनिन्छन् । पुस्तक माथि राजनीतिक विश्लेक शंकर तिबारी तथा पत्रकार राजकुमार बानियाँले समीक्षा गरेका थिए ।
लेखक घिमिरेले २०८२ साउन अघिका लेखहरु पुस्तकमा समावेश भएको बताउँदै प्रत्येक वर्ष एउटा पुस्तक प्रकाशनको योजना रहेको बताए । पार्टी सभापति थापाले घिमिरेलाई लेखकीय भूमिकालाई निरन्तरता दिन सुझाए । ‘लेखकीय व्यक्तित्वलाई कम हुन नदिनु होला’ थापाले भने । उपसभापति विश्वप्रकाश शर्माले घिमिरेले राजनीतिमा प्रतिकूलताहरु ब्यहोर्नु भएको चर्चा गर्दे, प्रतिकूलताबीच पुस्तकहरु लेखिएको बताए ।
कार्यक्रममा बागमति प्रदेश प्रमुख इन्द्र बानियाँ, कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्गदम्बे, उपसभापति पुष्षा भूसालले सम्बोधन गरेका थिए । कार्यक्रम शिखा बुक्सका पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो।