पक्राउ पुर्जी चरित्र हत्या गर्ने प्रपञ्च : अभिषेक प्रताप शाह
काठमाडौं, ३२ असार ।
नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साह विरूद्ध कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि शाहले आफ्ना शुभचिन्तक, समर्थकहरुसँग मेरो चरित्र हत्या गर्ने प्रपञ्च बाहेक अरु केही भन्दै प्रतिवाद गरेका छन्।
शाहमाथि कृष्ण नगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको सामूहिक आक्रमणमा सांसद साह र कृष्ण नगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह सहित १५,२० जनाको समूहले आफ्नो घरमै आएर आफूमाथि कुटपिट गरेको भन्दै शर्माले दुई दिनअघि प्रहरीमा उजुरी दिएका थिए।
सांसद शाहको अपिल
आदर्णिय मेरा क्षेत्र वासी साथी भाई शुभचिन्तक र पार्टी का साथी हरु सबै मा नमस्कार जय नेपाल ११
आज सम्मानित जिल्ला अदालत बाट मेरो नाम मा पक्राउ पुर्जी जारी भएको जानकारी मैले पाएँ ११
कसैलाई सहयोग गर्न बचाउन जाँदा को प्रतिफल मैले पाएको छु यो केवल एउटा राजनैतिक प्रतिशोध, चुनावी हारको पीडा, विपक्षी हरु को षड्यन्त्र र प्रशासन लाई समेत गुमराह बनाई मलाई मेरो चरित्र हत्या गर्ने प्रपञ्च बाहेक अरु केही होईन ।
खाएको विष लाग्ने हो लाग्नु पनि पर्छ तर न खाएको विष लाग्दैन मलाई मेरो देश को संविधान कानुन र सम्मानित न्यायलय प्रति पूर्ण विश्वास छ ।
केही दिन मा सत्यता बाहिर आउने नै छ कानुन ले निर्वाध रुपमा आफ्नो काम गरोस् म मेरो भाग को कानुनी लडाइँ विधि सम्मत लड्ने नै छु र पूर्ण रूपमा कानुनी प्रक्रिया मा सहयोग गर्न तयार छु।
आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो मैले राजनैतिक जीवन मा तपाईं हरु को अभूतपूर्व जनसमर्थन र माया आशीर्वाद प्राप्त गरेको छु तपाईं सम्पूर्ण को सेवा मा विचलित नभई सदैव लाग्ने छु।
मलाई माया गर्ने मेरा साथी भाई शुभचिन्तक कार्यकर्ता साथी हरु कोही कसैले पनि कानुन भन्दा बाहिर कुनै पनि क्रियाकलाप नगर्न र धैर्य गर्न अपिल गर्दछु ११
जय नेपाल
अभिषेक प्रताप शाह (प्रतिनिधी सभा सदस्य कपिलवस्तु क्षेत्र नं— ३)

