अघिल्लो वर्षको सोही अवधिका आधारमा गरिएको कोरा विश्लेषण्मा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत भनिएको छ भने मौसमी प्रभाव मूल्याङ्कनका आधारको मूल्याङ्कनबाट आर्थिक वृद्धिदर शुन्य दशमलव ५८ प्रतिशतमात्र छ ।

काठमाडौं,२३ असार।
मुलुकको आर्थिक अवस्थाको एउटा चित्र सरकारको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । २०८२ माघ, फागुन, चैतको तीन महिनाका तथ्याङ्कले आर्थिक गतिविधिको शिथिल अवस्था औंल्याएको छ । अघिल्लो वर्षको सोही अवधिका आधारमा गरिएको कोरा विश्लेषण्मा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत भनिएको छ भने मौसमी प्रभाव मूल्याङ्कनका आधारको मूल्याङ्कनबाट आर्थिक वृद्धिदर शुन्य दशमलव ५८ प्रतिशतमात्र छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा दुई खाले आधारहरु प्रस्तुत गर्दे आर्थिक वृद्धिदरको आँकलन गरेको छ । कार्यालयले मौसमी प्रभाव समावेश नगरी अघिल्लो सोही वर्षको आधारमा गरेको तथ्य मूल्याङ्कनले ३ दशमलव ५१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । यता, मौसमी प्रभाव समावेश गरेर तथ्य विश्लेषण गर्दा भने आर्थिक वृद्धिदरको आँकडा शुन्य दशमलव ५८ प्रतिशत हुन आउँछ ।
तथ्याङ्क कार्यालयले भनेको छ ‘मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्क अनुसार त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८२र८३ को सोही अवधिमा ३।५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।’
कार्यालयले यो बृद्धि हुनुमा विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम कलेक्सन, व्यापार सेवा, लगायतका क्रियाकलापमा भएको वृद्धि मुख्य कारण रहेको जनाएको छ ।
‘समग्रमा यस त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गिकरण मध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गिकरणमा धनात्मक वृद्धिदर रहेको अनुमान गरिएको छ ’ कार्यालयले भनेको छ ‘ यद्यपि आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमासिकमा निर्माण सामाग्रीको आयात, धान वालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटका कारण यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको देखिन्छ।’
‘मौसमी प्रभाव समायोजित तथ्याङ्कका आधारमा त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा आर्थिक वर्ष २०८२र८३ को दोस्रो त्रैमासिकको तुलनामा सोही आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ०.५८ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ’ कार्यालयले भनेको छ ।’
कार्यालयले प्रकाशीत गरेको प्रेस नोटमा भनिएको छ । 
आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका १८ ओटा औद्योगिक वर्गिकरणहरू मध्ये १६ वटाको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको प्रारम्भिक अनुमान छ । जसमध्ये विद्युत तथा ग्याँस सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २४।८८ प्रतिशत रहेको छ भने यस औद्योगिक वर्गिकरण लाई पछ्याउँदै वित्तिय तथा बिमासम्वन्धी क्रियाकलापस यातायात तथा भण्डारण र थोक तथा खुद्रा व्यापारमा क्रमशस् १०। २७ प्रतिशत, ७।८३ प्रतिशत र ५।२५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर १।५८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। धान वालीको उत्पादनमा कमी आएको भए तापनि पशुपन्छी, तरकारीबाली तथा फलफुल र वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ। त्यसैगरी, अर्थतन्त्रको दोस्रो ठुलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ५।२५ प्रतिशत भएको अनुमान गरिएको छ। व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारणले यस क्षेत्रको वृद्धि हुन गएको देखिन्छ। अर्कोतर्फ, सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादनको क्रमशस् १।५९ प्रतिशत र ०।५४ प्रतिशत ले ऋणात्मक वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।अन्य औद्योगिक वर्गिकरणहरूको वृद्धि सामान्य रहेको प्रारम्भिक अनुमान छ ।

मौसमी प्रभाव समायोजित त्रैमासिक कुल मूल्य अभिवृद्धि वृद्धिदर
(आर्थिक वर्ष २०८२र८३ को दोस्रो त्रैमासिकको तुलनामा सोही आर्थिक वर्षको तेस्रो त्रैमासिकको वृद्धि)

मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा आर्थिक वर्ष २०८२र८३ को दोस्रो त्रैमासिक (कार्तिक, मंसिर र पुष)को तुलनामा सोही आर्थिक वर्षको तेस्रो त्रैमासिक (माघ, फागुन र चैत्र) मा कुल १८ ओटा औद्योगिक वर्गिकरणमध्ये ११ वटाको वृद्धिदर धनात्मक देखिएको छ भने सात वटाको वृद्धिदर ऋणात्मक देखिएको छ ।
कार्यालयका अनुसार यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्र -०.०४ प्रतिशतले ऋणात्मक वृद्धि भएको देखिन्छ। त्यसैगरी, अर्थतन्त्रमा दोस्रो बढी हिस्सा रहेको थोक तथा खुद्रा व्यापारको २.०२ प्रतिशतले वृद्धि भएको देखिन्छ।
‘धनात्मक वृद्धिदर हुने १६ वटा औद्योगिक वर्गिकरणहरूमध्ये सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्याँसको ६.८७ प्रतिशत र यस क्षेत्रलाई पछ्याउँदै खानि तथा उत्खनन् २.२३ र थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशत रहेको छ ’ तथ्याङ्क कार्यालयले भनेको छ ‘अर्को तर्फ आवास तथा भोजन, वैङ्क तथा विमा र औद्योगिक उत्पादनको क्रमशस् ( २.३० प्रतिशत, १.०७ प्रतिशत र (०.८३ प्रतिशत ऋणात्मक वृद्धि भएको देखिन्छ।वाँकी अन्य औद्योगिक वर्गिकरणको वृद्धिदर सामान्य रहेको देखिन्छ। यसरी आर्थिक वर्ष २०८२र८३ को दोस्रो त्रैमासिकमा भन्दा सोही आर्थिक वर्षको तेस्रो त्रैमासिकमा समग्र अर्थतन्त्रको वृद्धि ०.५८ प्रतिशत भएको प्रारम्भिक अनुमान गरिएको छ।’