प्रतिवेदनले घर उज्यालो पार्दैन, रणनीतिले खेत सिँचाउँदैन : उर्जा मन्त्री बिराजभक्त श्रेष्ठ
काठमाडौं,२२ असार ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बिराजभक्र श्रेष्ठले आफ्नो मन्त्रालयले १०० दिनको समयसीमा गरेका कामहरुको विवरण सामाजिक संजालबाट पेश गरेका छन् । सामाजिक संजालमा सक्रिय र मुलुकका विभिन्न क्षेत्रमा पुगेर आफै अनुगमन गर्न खटेका मन्त्री श्रेष्ठले भनेका छन् ‘समृद्ध नेपालको अबको गन्तव्य ऊर्जा र जलस्रोत क्षेत्र नै हो। यो स्पिरिटलाई आत्मसात गरी अब परिणाम देखिने, नतिजा आउने गरी कार्यान्वयनको चरणमा प्रवेश गरेका छौं। त्यसका लागि सम्पूर्ण रूपले तयार छौं। यसमा सबैको साथ, सहयोग र मार्गदर्शन प्राप्त होस् भनी अनुरोध गर्दछौं।’

सरकारले आफ्नो सय दिन पूरा गरेको छ। हामीले पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पुगेको छ। यो अवधि मन्त्रालयको जिम्मेवारी, दायित्व, कार्ययोजना र आन्तरिक प्रशासनलाई नीतिगत हिसाबले बुझ्ने र वर्षौंदेखि अड्किएका काम फुकाउने अवसर बन्यो।
यी सय दिन ( अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा जुट्ने दिन थिए। शासकीय सुधारको सय बुँदे कार्ययोजना अनुसार, सुशासन ऐनअन्तर्गत सुशासन इकाई गठन गरी, सुशासन र शासकीय सुधारमा विशेष जोड दिएका छौं। लामो समयदेखि नसकिएका राष्ट्रिय गौरवका आयोजनाहरू अब सक्ने गरी कट अफ डेट तोकेर कार्यान्वयनमा अगाडि बढाएका छौं।
केही ठोस उदाहरणस्बुटवल–गोरखपुरको नेपाल खण्ड भारतीय खण्डकै समयतालिकामारि निर्माणमा फर्किएको छ, केही महिनाभित्रै सक्ने लक्ष्यसहित्र यो सकिएपछि वार्षिक १ अर्बभन्दा बढी शुल्क तिरिरहेको ढल्केबर–मुजफ्फरपुर लाइन बल्ल पूर्ण क्षमतामा चल्नेछ। ढल्केबर–सीतामढीका विवादित स्पान एक(एक गरी समाधान हुँदैछन्। बुटवल–गोरखपुरको नेपाल खण्ड भारतीय खण्डकै समयतालिकामा सक्ने गरी अघि बढेको छ ( सीमाको एकातर्फ मात्र बनेको लाइन सम्पत्ति होइन, दायित्व हो।
नीतिगत रूपमा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार छ ( पहिले आन्तरिक खपत, बढी भएको निर्यात। पिपिए र अनुमतिपत्र समितिका प्रतिवेदन प्राप्त भइसकेका छन्। गत वर्ष हाम्रो विद्युत् निर्यातले क्षेत्रमा अनुमानित १७ लाख टन CO₂ उत्सर्जन रोकेको छ – यसलाई नापेर, दाबी गरेर जलवायु वित्त जुटाउन कार्बन राजस्व एकाइ स्थापनातर्फ बढ्दैछौं।
तर फाइलले मात्र खेतको हाल बताउँदैन। यी सय दिनले मलाई पश्चिम राप्तीका तटबन्धदेखि राति टर्च बोकेर बबईको हेडवर्क्ससम्म, बर्दियाका डीप ट्युबवेलदेखि रानी जमरा कुलरियासम्म पुर्याए (किसानका समस्या फाइलमा होइन, आफ्नै आँखाले देखें।
हाम्रै समीक्षाले यी १०० दिनलाई ७३ प्रतिशत दियौं ( शतप्रतिशत होइन। नढाँटीकन भन्नुपर्दा। प्रतिवेदनले घर उज्यालो पार्दैन, रणनीतिले खेत सिँचाउँदैन। आगामी सय दिन कार्यान्वयनका हुन्।
समृद्ध नेपालको अबको गन्तव्य ऊर्जा र जलस्रोत क्षेत्र नै हो। यो स्पिरिटलाई आत्मसात गरी अब परिणाम देखिने, नतिजा आउने गरी कार्यान्वयनको चरणमा प्रवेश गरेका छौं। त्यसका लागि सम्पूर्ण रूपले तयार छौं। यसमा सबैको साथ, सहयोग र मार्गदर्शन प्राप्त होस् भनी अनुरोध गर्दछौं।
नोट : उर्जा मन्त्री बिराजभक्त श्रेष्ठको फेसबुकबाट
