रास्वपा सरकारका सय दिन : नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुशासन कायम गर्ने प्रतिवद्धता
काठमाडौं, २० असार।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामामा बसेको मन्त्रिपरिषदले सरकार गठन भएपछि यता भएका कामकारवाहीहरुको फेहरिस्ता सार्वजनिक गर्ने निर्णय गरेको छ । वैशाख १३ गते गठन भएको रास्वपा
सरकारले सरकार गठन भएकै दिन शासकीय सुधारका १०० बुँदा सार्वजनिक गरेको थियो । तिनै सार्वजनिक भएका बुँदाहरुलाई केन्द्रमा राख्दै एक सय दिनमा के के काम भए ? के कस्ता काम थालनि गरिए?भन्ने लामो फेहरिस्त प्रकशीत गरिएको छ ।
‘सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मिति २०८३।१।१३ गते सरकार गठन भए पश्यातका सय दिन भित्र सम्पादीत प्रमुख काम र उपलब्धीहरुको संक्षिप्त विवरण’ नाम दिएको प्रतिवेदनमा भनिएको छ ‘सरकार गठन भएको एक सय दिन पूरा भएको अवसरमा प्रस्तुत यो दस्तावेज नेपाल सरकारका मन्त्रालय तथा निकायहरुले उक्त कार्यसूची अनुसार सम्पादन गरेका प्रमुख कार्य, हासिल भएका उपलब्धी, तथा प्रारम्भिक परिणाम एवं यस अवधिमा विभिन्न मन्त्रालयहबाट सम्पादन भएका शासकीय सुधारका कार्यसूचिमा नपरेका महत्वपूर्ण कार्यहरु समेत समेटिएको छ ।’
संक्षित प्रतिवेदनमा भनिएको छ ‘ शासकीय सुधारका यी प्रयासहरुलाई आगामी दिनमा थप संस्थागत, परिस्कृत र परिणाममुखी बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुशासन कायम गर्न सरकार निरन्तर प्रतिवद्ध रहेको छ ।’
सय दिनको फेहरिस्तमा सरकारको पहिलो वर्ष दीर्घकालिन शासकीय सुधारका् आधार वर्षकोरुपमा अघि बढाउने भनिएको छ । ‘प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, सुशासन, आर्थिक अनुशासन, आयोजना व्यवस्थापन, पूर्वाधार विकास, तथा सामाजिक क्षेत्र लगायतका प्राथमिक क्षेत्रमा सुधारका कार्याक्रम तीव्रताकासाथ संचालन गरिएका छन्’ दस्तावेजमा भनिएको छ ।
सय दिनमा भएका प्रमुख काम र उपलब्धीहरुको विवरण ।
DOC-20260704-WA0007_260704_181310
