पूर्वबाट पश्चिम सर्यो मनसुन, देसैभर विस्तार
काठमाडौं, १७ असार ।

नेपालको आर्थिक जिवनसँग सरोकार राख्ने मौसमी प्रणाली मनसुन प्रारम्भ भएको छ । बंगालको खाँडिबाट उत्पती भएर हिमालयको दक्षिण क्षेत्रमा ४ महिनासम्म सिंचाईको प्रमुख श्रोत बन्ने मनसुनी वर्षाले बाढी, पहिरोको प्रकोप पनि लिएर आएको छ । दक्षिण एशियाका निम्ति मनसुन बरदान पनि हो । मनसुन आफैमा चुनौतीपुर्ण प्रकोप बन्ने गरेको छ ।
मौसम विज्ञान विभागले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार, यस बर्षको मनुसुन सक्रिय भएको र मुलुकभर फैलिएको छ । विज्ञप्तिमा भनिएको छ ‘ यस वर्षको मनसुन प्रणाली आज मिति २०८३र०३र१६ गते९सन् २०२६ जुन ३० तारिख० का दिन देशभर फैलिएको छ ।’
विभागले भनेको छ ‘ नेपालमा यस वर्षको मनसुन मिति २०८३र०३र५ गते ९ सन् २०२६ जुन १९ तारिख ० देशको पूर्वी भू(भागबाट प्रवेश गरी कोशी प्रदेशको केही भू(भागमा विस्तार भएकोमा मिति २०८३र०३र८ गते ९सन् २०२६ जुन २२ तारिख० कोशी प्रदेशको बाँकी सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू(भाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा सम्म विस्तार भएको थियो ।’
नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भूभागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्दछ। यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष १२ दिन लागेको छ।

