चन्द्र चिन्तन : कांग्रेस समाधान आफ्नै हातमा छ, सात बुँदे केन्दमा राखेर संवाद गरौं
त्यही कांग्रेस हुँ, तर… आज ?
आन्तरिक सहमतिको लागि ७ बुँदा !!!
जनताको अधिकारका लागि लड्दा बाइसवर्षका युवालाई निर्दयतापूर्वक मारिएको इतिहास बोकेको कांग्रेस।
जनताको पक्षमा उभिएको कारण मोतिराज भुसाल लाई पोखरीको मौलामा बाँधेरनाक–कान–गाला काट्दै नुनचुक लगाएर हत्या गरियो।टिकाराम धिमिरे लाईज्युँदै खाडल खनेर पुरियो—चार दिनसम्म जिउँदै हुँदा पनि निकाल्न सकेन्न।सम्सेर बहादुर खत्रीको टाउको काटेर“कांग्रेस बनेको यस्तै हुन्छ” भनेरजिल्ला भरि घुमाइयो।रणबहादुर थापा ,गंगाबहादुर थापा , १५ सालका माननिय निलाम्वर पन्थि लगाएत जसले पारिवारीको सुख रोजेन्न -अधिकारका लागि लडे । जिउदो सहिद युवा फणिन्द्र भण्डारी लाइ कुट्दा कुट्दा छाला निकाल्दा पनि झुकेन्न।त्यही गुल्मी—जहाँ रगतले लेखिएको इतिहास छ,जहाँबाट बलिदानको चेतना जन्मिएको हो।त्यही प्रेरणाले म पन्ध्रवर्षको उमेरमै अधिकारका लागि थुनिएँ,कस्टडी र ठेडुकामा दिन बिताएँ,लामो समय जेललाई पनि संघर्षको पाठशाला ठानेर खुसी मनले स्वीकारेँ।आज सम्झँदा पीडा हुन्छ—
आजका धेरै नेताआफ्नो लक्ष्यको बाटोमा विराए । सत्ता स्वार्थका लागि इतिहास भुले , देश भन्दा परिवारको मोहमा लागे !!! स्वार्थै स्वार्थको द्वन्द्वले घोडा चढ्यो।
दुर्भाग्य,आज पनि स्वार्थको लफडा छदै छ !
अबदिगो समाधान आवश्यक छ। त्यो समाधान
अरू कसैको हातमा होइन—हाम्रो आफ्नै हातमा छ।
यदि पहल–कदमी समयमै र पर्याप्त गम्भीरताका साथ गरिएको भए, बोलाइएको विशेष अधिवेशनलाई मिलनको साझा माध्यम बनाउन सकिन्थ्यो।
जसरी नेता गिरिजा प्रसाद कोइरालाले बोलाएको भेलामा एन.पी. साउद र मैले तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई सहभागी गराई सहमतिको विन्दु खोजेका थियौँ। जुन समयमा कृष्ण जी पार्ची सभापति र गिरिजाबाबु प्रधानमन्त्रि हुनुहुन्थ्यो !
त्यसरी नै गिरिजाबाबु र शेरबहादुर देउवा बीचको संवाद चक्र बास्तोलाको निवासमा गरिएको थियो । – कसैलाई नदेखाउने सर्तसहित—सहमतिको कागज आज पनि मसँग सुरक्षित छ। त्यस समयमा गिरिजाबाबु पार्टी सभापति र शेरबहादुर जी प्रधानमन्त्रि हुनुहुन्थ्यो ।
यस्ता मिलनका ठोस उपायहरू हुँदाहुँदै पनि स्वार्थका पुजारीहरूले परिस्थितिलाई अनावश्यक रूपमा अर्कै मोडतर्फ धकेलिदिए । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निस्कासन गर्ने विकल्प नरोजेको भए त्यसको मूल्य पार्टी र लोकतान्त्रिक संस्कृतिले चुकाउनु पर्ने थिएन ।
अन्तत गगन थापाको सभापतित्वमा विशेष अधिवेशन सम्पन्न मात्र भएन—निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत वैधानिकता प्राप्त गर्यो। काग्रेसमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उहॅालाइ पार्टीबाट निष्कासन गरियो ! त्यस पछी शेरबहादुरको नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो अहिका धेरै नेताहरु शेरबहादुर देउवा कै साथमा थिए ।
कांग्रेसको सकारात्मक पक्ष यही हो कि, यति धेरै तिक्तताबीच पनि संवादका ढोका बन्द भएका छैनन्। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सँग वर्तमान सभापति र उपसभापतिबीच एकल र सामूहिक दुवै तहमा सरसल्लाह जारी रहनु, र एकताको सातबुँदे प्रस्ताव सस्तापक्षबाट औपचारिक रूपमा पठाइनु—यी सबै मिलनको सम्भावना जीवित छ भन्ने संकेत हो । अब सम्वन्धित पक्ष एजेण्डामा केन्द्रित भै सबै पक्ष पारदर्शि तरिकाले संवाद सुरु गर्नु पर्दछ ! अब कुराकानि बुदागतमा रुपमा नै हुनुपर्दछ ! के गर्ने के नगर्ने सबै कोठा भित्रबाट समाधान खोज्नु पर्दछ ! सबै गुमिसक्दा पनि धेरै काइकुइ राम्रो हुदैन ।
पार्टीले पठाएका प्रस्ताव यसप्रकार रहेछन –
सबै सँगै बढौँ :
– यसरी विभिन्न कालखण्डमा विविध प्रकृतिका विवाद र फरक मत नेपाली कांग्रेसभित्र प्रकट हुँदै आएका छन्। भिन्न मतहरूलाई सुरक्षित गर्दै अभिन्न रूपमा अघि बढ्ने नेपाली कांग्रेसको ऐतिहासिक परम्परालाई दृष्टिगत गर्दै हामी एकताबद्ध भएर अघि बढ्न प्रतिबद्ध छौँ।
विशेष महाधिवेशनपछिको परिस्थिति र अबको बाटोका सन्दर्भमा निम्न प्रस्तावहरू प्रस्तुत गरिन्छः
१) विशेष महाधिवेशनसम्बन्धी स्पष्टता र एकता
पार्टी विधानको दफा १७(२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगद्वारा गरिएको अद्यावधिक तथा सम्मानित सर्वोच्च अदालतबाट अन्तिम छिनोफानो भइसकेको यथार्थलाई आत्मसात गर्दै, यससँग सम्बन्धित सबै विमतिहरू बिर्सी एकताबद्ध भएर अघि बढ्ने।
* तर विशेष महाधिवेशनको प्रक्रिया र परिणामप्रति रहेका विमतिहरूलाई आफ्नो राजनीतिक एजेन्डाका रूपमा १५औँ महाधिवेशनको बन्दसत्रमा मौखिक वा लिखित दुवै रूपमा प्रस्तुत गर्न सकिने।
* विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा पार्टीका कुनै पनि सदस्यलाई फरक दृष्टिकोण वा फरक व्यवहार नगरिने।
२) कृयाशील सदस्यता अधावधिक
महाधिवेशन तयारीको पहिलो चरणका रूपमा कृयाशील सदस्यता अधावधिक गर्ने प्रक्रिया निर्धारित समयभित्र सम्पन्न गर्ने।
* यस सन्दर्भमा पार्टी विधानमा विगतदेखि रहेका अस्पष्ट व्यवस्थाहरूलाई स्पष्ट गर्दै अघि बढ्ने।
३) अग्रज नेताहरूको सम्मानजनक भूमिका
पार्टीमा लामो समय योगदान गरेका अग्रज नेताहरूमध्ये केहीलाई केन्द्रीय समितिमा वरिष्ठ नेता का रूपमा सम्मानजनक भूमिकासहित स्थापित गर्ने।
४) केन्द्रीय समितिमा समावेशी जिम्मेवारी
विगतमा केन्द्रीय समितिमा रहेका तथा नरहेका, जिम्मेवारी निर्वाह गर्न इच्छुक साथीहरूलाई निश्चित संख्यामा सम्मानपूर्वक केन्द्रीय समितिमा समावेश गर्ने। कार्यसम्पादन समितिमा समेत सम्मानजनक सहभागिता सुनिश्चित गरिने।
* तर महाधिवेशनमा स्वतः भाग लिन पाउने पुरानो परम्पराको अन्त्य गरी, केन्द्रीय समितिका सबै सदस्यहरूले वडा तहबाट प्रतिनिधि बनेर अनिवार्य रूपमा महाधिवेशनमा सहभागी हुनुपर्ने व्यवस्था लागू गरिने।
५) महाधिवेशनसम्बन्धी समितिहरूमा सहकार्य
१५औँ महाधिवेशन सम्पन्न गराउन गठित निर्वाचन समिति, अनुशासन समिति तथा कृयाशील सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्य सुनिश्चित गर्ने।
६) महाधिवेशन व्यवस्थापन समिति
केन्द्रीय समितिको अंग रहने गरी बैठकबाट १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने।
७) भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको व्यवस्थापन भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको केन्द्रीय समितिमा कार्य गर्न इच्छुक साथीहरूलाई सभापति, पदाधिकारी वा योग्यता र इच्छाअनुसार उपयुक्त जिम्मेवारी प्रदान गर्ने।
मेरो भनाई -सन्दर्भ र यथार्थ-
वर्तमान क्षणमा नेपाली कांग्रेस आपसमा मिले–नमिलेको बहस देश र जनताको तत्कालीन प्राथमिक चासो नहुन सक्छ। तर पार्टीभित्र त्यस्ता असंख्य शुभचिन्तक छन्, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि आफ्नो जीवन र जवानी अर्पण गरेका छन्। त्यसैले मिलन जनताभन्दा पहिले ती शुभचिन्तकहरूको आत्मशान्तिसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय हो।
विगतलाइ पढदा नेपाली कांग्रेस कुनै साधारण संगठन होइन—यो त्याग, संघर्ष र स्मृतिहरूले निर्माण भएको संस्थागत इतिहास हो। त्यसैले पार्टीभित्र देखिने असहमति केवल शक्ति–सन्तुलनको प्रश्न मात्र होइन, इतिहासप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको जवाफदेहिता पनि हो।
हाम्रो पुस्ता विगता भएका कम्जोरी लाइ आत्मसात गर्दै नेपाली जनतासँग क्षमा याचना गर्दछ । हामी स्पष्ट प्रतिबद्धता व्यक्त गर्छौं—
यो मुलुक कसैको व्यक्तिगत स्वार्थका लागि
नाङ्गो नाच नाच्ने नाचघर होइन। हामी अपराध संग सम्झौता गरेर इतिहासलाई अपमान गर्नेछैनौं। हामी क्षमा माग्छौं—तर अन्यायलाई क्षमा गर्दैनौं। हामी कुनै दाग बोक्दैनौं,न बोक्ने उत्तराधिकार छोड्छौं ।न्याय, नैतिकता र लोकतन्त्रप्रति हाम्रो प्रतिबद्धता अविचल छ। महाननेताहरुलाइ सम्मान गर्दै महानशहिदको साध्य हामी पुरा गर्दछौं ।
यो हाम्रो अडान हो।
यो हाम्रो घोषणा हो।
जय नेपाल !!!
नोट : चन्द्र भण्डारीको फेसबुकबाट

