पिएसजी च्याम्पियन्स जितपछि फ्रान्समा दङ्गा : राजनीतिक असन्तोष विध्वंशमा परिणत भएको विश्लेषण
एकको मृत्यु, सयौँ पक्राउ, दर्जनौँ प्रहरी घाइते, सरकार र राजनीतिकसँगको असन्तोष विध्वंशमा परिणत भएको विश्लेषण ।
काठमाडौ, १९ जेठ ।युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा आर्सनललाई पराजित गर्दै पेरिस सेन्ट जर्मेनले उपाधि जितेपछि फ्रान्सका विभिन्न सहरहरूमा फुटबल समर्थक र प्रहरीबिच उग्र झडप भएको छ। हिंसात्मक दङ्गाका क्रममा एक जनाको मृत्यु भएको छ, दर्जनौँ प्रहरीसहित कम्तीमा २१९ जना घाइते भएका छन्।
गत वर्ष पनि पिएसजिले उपाघि जितेपछि यस्तै खाले दङ्गा भडकिएको थियो । फूटवल फ्यानहरु जितको उत्सवहमा रमाइरहेको समयमा हुलदङ्गा र हिंसा हुनका पछाडिका कारणहरुबारे चर्चा हुन थालेका छन् । फान्सेली समाचारहरुका अनुसार राजनीतिक प्रतिको वितृष्णा, महगी, बेरोजगारी र सरकारसँगको आक्रोस उत्सवसँगै विस्टोटन भएको विश्लेषण भैरहेको छ ।
हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा ७८० जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ, जसमध्ये ४५० भन्दा बढीलाई हिरासतमा राखिएको छ। पक्राउ परेका मध्ये ८२ जना नाबालिग ९नाबालक० छन्।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ। राजधानी पेरिसको यातायात व्यवस्था ९बस, रेल तथा मेट्रो सेवा० ठप्प पार्ने गरी भएको सो अशान्तिलाई नियन्त्रणमा लिन हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। झडपका क्रममा ५७ जना प्रहरी अधिकारी घाइते भएको मन्त्री नुनेजले जानकारी दिए।
गृहमन्त्री नुनेजका अनुसार हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा हालसम्म ७८० जनालाई नियन्त्रणमा लिइएको छ, जसमध्ये ४५० भन्दा बढीलाई हिरासतमा राखिएको छ।
पेरिसको चक्रपथ ९रिङ रोड० लाई दङ्गाकारीहरूले अवरुद्ध गर्ने प्रयास गरिरहेका बेला सोही सडक खण्डमा भएको एउटा दुर्घटनामा परी एक २४ वर्षीय युवकको मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार ती युवक मोटरसाइकलमा सवार थिए र सडकमा राखिएका कङ्क्रिट ब्लकहरूमा ठोक्किएर दुर्घटना भएको थियो। यद्यपि, उनको मृत्युको स्पष्ट कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
यसैबिच, पेरिसकै अर्को क्षेत्रमा भएको झगडामा एक किशोर गम्भीर घाइते भएका छन्, तर उनको संलग्नता फुटबल दङ्गामै थियो वा थिएन भन्ने कुरा अझै खुल्न सकेको छैन।
आइतबार पेरिसको प्रसिद्ध आइफल टावरबाट सुरु भएको विजय उत्सवका लागि करिब ६,००० प्रहरी परिचालन गरिएको थियो। आइतबार साँझ स्थानीय समय अनुसार १८स्०० बजे सुरु भएको परेडका क्रममा आइफल टावर वरपरको वातावरण शान्तिपूर्ण र खुसीयालीपूर्ण देखिएको थियो। सडकको दुवैतर्फ पिएसजीका समर्थकहरूको ठुलो भिड लागेको थियो।
विजेता टोली पिएसजीका खेलाडी र प्राविधिक टोलीले आइफल टावर नजिकैको च्याम्प(डे(मार्सको भ्रमण गरेपछि एलिसी प्यालेसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनद्वारा आयोजित स्वागत समारोहमा सहभागिता जनाएका थिए। त्यसपछि क्लबको घरेलु मैदान ‘पार्क डेस प्रिन्सेस’ मा थप उत्सव मनाउने कार्यक्रम तय गरिएको छ।
यसअघि पिएसजीले पेनाल्टी सुट आउटमा ऐतिहासिक जित दर्ता गरे लगत्तै हजारौँको सङ्ख्यामा समर्थकहरू प्रसिद्ध च्याम्प्स(एलिजी सडकमा ओर्लिएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा मानिसहरूले जताततै ‘फ्लेयर’ ९आगोका लप्का० बालिरहेको, सडकमा विद्युतीय बाइकहरू जलाएको र पसलका सिसाहरू फुटाइरहेको देखिन्छ। अनियन्त्रित भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।
पेरिस अभियोजकको कार्यालयका अनुसार पेरिसबाट मात्रै ४८० जनालाई पक्राउ गरिएको छ, जसमा २७७ जनालाई हिरासतमा लिइएको छ। हिरासतमा लिइएकाहरूमध्ये ८२ जना नाबालिग ९नाबालक० छन्। उनीहरूमाथि प्रहरीमाथि आक्रमण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको, चोरी गरेको तथा अवैध हतियार राखेको जस्ता अभियोगहरू लगाइएका छन्।
फ्रान्सका गृहमन्त्रीले सुरक्षा निकायले हिंसा भड्काउनेहरू विरुद्ध “कडा” रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। उनले भने, “हामी सार्वजनिक व्यवस्था कायम राख्न सक्षम मुलुक हौँ। हामी भेला हुने स्वतन्त्रता दिन्छौँ, तर अराजकतालाई कदापि स्वीकार गर्दैनौँ।”
उनले थपे, “उत्सव मनाउन निस्कने बहुसङ्ख्यक मानिसहरू शान्तिपूर्ण नै हुन्छन्। तर केही यस्ता व्यक्तिहरू पनि आउँछन्, जो पिएसजीका समर्थक नै होइनन् र उनीहरूले खेल पनि हेरेका हुँदैनन्, उनीहरूको उद्देश्य केवल अशान्ति र अवरोध सिर्जना गर्नु हुन्छ। हामी त्यस्ता तत्त्वहरूलाई रोक्न दृढ छौँ।”
यसैबिच, फ्रान्सकी कट्टर दक्षिणपन्थी नेत्री मरिन ले पेनले सामाजिक सञ्जाल ‘एक्स’मा आक्रोश पोख्दै सरकारको आलोचना गरेकी छिन्। उनले लेखेकी छिन्, “फुटबल क्लबको जितमा दङ्गा भड्किने देश फ्रान्स मात्रै होला। फ्रान्समा मात्रै मानिसहरूले कुनै टोलीको जितको साँझ हिंसाबाट बच्नका लागि आ(आफ्नो घरभित्र थुनिनुपर्ने बाध्यता छ।”
गत वर्ष पनि पिएसजीले उपाधि जित्दा पेरिसमा यस्तै प्रकृतिको घातक हिंसा र दङ्गा भएको थियो, जसलाई मध्यनजर गर्दै यस पटक सुरक्षा व्यवस्था निकै कडा पारिएको दाबी गरिए पनि हिंसा दोहोरिन पुगेको छ।
(एजेन्सीहरूको सहयोगमा, साभार : स्वतन्त्र समाचार सेवा)

