आजदेखि संसदको वर्षे अधिवेशन, सरकारको नीति कार्यक्रम र अध्यादेश प्रस्तुत हुने
काठमाडौं, २८ वैशाख।
संघीय संसदको वर्षे अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ । वर्षे अधिवेशनलाई खास गरेर बजेट अधिवेशन भन्ने गरिन्छ । यही अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेट तथा आर्थिक
सर्वेक्षण संसदमा प्रस्तुत हुन्छन् र पारित हुन्छन् । आज राष्ट्रपतिले संसदको संयुक्त बैंठकमा मुलुको नीति तथा कार्यक्रम पस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै, सरकारले यसबीच ल्याएका ८ वटा अध्यादेश जुन राजनीतिक वृतमा विवाद, बिरोध र संवैधानिक प्रश्नको दायरमा छन्, ति अध्यादेश पनि संसदको पहिलो बैंठकमा प्रस्तुत हुनेछन् ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरेका हुन् । सोमबारबाट प्रारम्भ र्भएको वर्षे अधिवेशन सामान्यतथा अशोजसम्म चल्ने विगतको अनुभव छ ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् । जेठ १५ संसदमा बजेट पेश गर्नेपर्ने संवैधानिक वाध्यता छ । सरकारले यस अघि वैशाख १७ देखि अधिवेशन बोलाउने निर्णय गरेर पछि हटेको थियो । बोलाइसकेको बैंठक स्थगित गरेर अध्यादेशहरु जारी गरेको पृष्ठमा बस्न लागेको अधिवेशन राजनीतिक हिसावले सक्रिय हुने देखिदैछ । ढिलो गरेर प्रारम्भ भएकोले संसद सचिवालय दबाबमा रहेको छ ।
मुख्य कार्यसूची
अधिवेशनमा संवैधानिक दायित्व अनुसार जेठ १५ गते सरकारका तर्फबाट वार्षिक बजेट पेस हुने छ । असार मसान्तसम्म बजेट पारित र प्रमाणीकरणको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सरकारका तर्फबाट वार्षिक नीति तथा कार्यक्रम पनि बजेट अधिवेशनमा पेस र स्वीकृत हुने छ । वैशाख २८ गते पहिलो दिननै नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेस हुने छन् । बजेटभन्दा पहिले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) संसद्मा पेस र छलफल हुनेछन्।
यसबिचमा संसद् अधिवेशन नरहेका बेला सरकारको सिफारिसमा विभिन्न मितिमा राष्ट्रपतिद्वारा जारी भएका आठ वटा अध्यादेश सोमबार नै संसद्का दुवै सदनमा पेस हुने छन् । संवैधानिक व्यवस्था अनुसार अध्यादेश संसद्मा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित र प्रमाणीकरणको प्रक्रियासमेत पूरा संवैधानिक, कानूनी व्यवस्थाछन्।

