भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक विजय
पार्टी अध्यक्ष मतता बनर्जी जो मुख्यमन्त्री पनि थिइन उनको पराजय र भाजपाको उदयलाई लिएर बंगालका राजनीतिक पण्डितहरु लेखाजोखा गरिरहेका छन् ।
नयाँदिल्ली, २२ वैशाख
भारतको पश्चिम बङ्गाल, तमिलनाडु, केरला, असम र केन्द्र शासित प्रदेश पुडुचेरीसहित प्रमुख क्षेत्रका ८२३ निर्वाचन क्षेत्रमा लगभग मतगणना सकिएको छ । भारतीय निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार पश्चिम बङ्गालमा भाजपाले कूल २ सय ९४ सिट मध्ये २०६ जितेको छ भने पश्चिम बङ्गालमा सत्तासिन तृणमूल कांग्रेस (टीएमसी) ले ८० सिट जितेको छ र एक सिटमा अग्रता छ । पश्चिम बंगालबाट तृणमुलकी ममता बेनर्जीको पराजय र सत्तामा बलियो बहुमतकासाथ भाजपाको आगमनलाई लिएर भारतीय राजनीतिक वृतमा चर्चा परिचर्चा प्रारम्भ भएको छ ।
भाजपाको शानदार आगमन र ममता जो मुख्यमन्त्री पनि थिइन उनी पार्टीको प्रभावशाली पकड मानिएको भवानीपुर निर्वाचन क्षेत्रबाट पराजित भएकी छन् । भाजपाको जित र ममता जो विगत १५ वर्षदेखी लगातार सत्तामा थिइन, दुबै कोणबाट चर्चा, परिचर्चा र बहस सुरु भएका छन् ।
बंगालमा त्यस्तै, भारतीय राष्ट्रिय कांग्रेस (आइएनसी) ले दुई सिट, आम जनता उन्नयन पार्टी (अजुप) ले दुई सिटमा लिइरहेको छ भने भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले एक सिटमा प्राप्त गरेको छ । अन्य ३ जनाले चुनाव जितेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन र जेपी नड्डाले पश्चिम बङ्गालमा भाजपाको विजयलाई ऐतिहासिक भनेका छन् । यसलाई जनशक्ति र विकास राजनीतिको विजय भन्दै प्रधानमन्त्री मोदीले राज्यको सपना पूरा गर्ने आश्वासन दिएका छन् ।
प्रधानमन्त्री मोदीले पनि पश्चिम बङ्गाल विधानसभा चुनावमा पार्टीको विजयमा खुशी व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ,“पश्चिम बङ्गालमा कमल फुलेको छ । सन् २०२६ को पश्चिम बङ्गाल विधानसभा चुनाव सधैँ सम्झिइनेछ ।”
मोदीले लेखेका छन् “जनताको शक्तिको जित भएको छ र भाजपाको सुशासनको राजनीतिले जितेको छ । म पश्चिम बंगालका प्रत्येक नागरिकलाई नमन गर्दछु । जनताले भाजपालाई ठूलो जनादेश दिएका छन् र म उनीहरूलाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो पार्टीले पश्चिम बंगालका जनताको सपना र आकांक्षा पूरा गर्न हरसम्भव प्रयास गर्नेछ। हामी समाजका सबै वर्गलाई अवसर र सम्मान सुनिश्चित गर्ने सरकार प्रदान गर्नेछौं ।”
, “पश्चिम बङ्गालमा भाजपाको रेकर्ड तोड्ने जित असङ्ख्य मजदुरहरूको पुस्ताँैंदेखि गरेको सङ्घर्ष बिना सम्भव हुने थिएन । म सबैलाई सलाम गर्छु’ मोदीले भनेका छन् ‘ वर्षौंदेखि उनीहरूले तल्लो तहमा कडा मेहनत गरेका छन्, सबै प्रकारका कठिनाइहरूको सामना गरेका छन् र हाम्रो विकासको एजेन्डाको बारेमा कुरा गरेका छन् । उनीहरु हाम्रो पार्टीको शक्ति हुन् ।”
केन्द्रीय गृहमन्त्री अमित शाहले एक्समा लेखेका छन् “यो विशाल जनादेश बङ्गालका जनताले भय, तुष्टीकरण र घुसपैठका संरक्षकहरूलाई दिएको उचित जवाफ हो । यो तृणमूलको ‘भय’ माथि प्रधानमन्त्री मोदीप्रतिको ‘विश्वास’ को विजय हो । यो म जस्ता हरेक भाजपा कार्यकर्ताका लागि गर्वको क्षण हो ।”
असम
सन् २०२६ को असम विधानसभा चुनावमा भाजपा नेतृत्वको एनडीएले शानदार प्रदर्शन गरेको छ असमको कूल १२६ सदस्यीय सदनमा १०२ सिटमा जितेको छ । यससँगै हिमन्त बिस्वा सरमाले लगातार दोस्रो पटक मुख्यमन्त्री पदका लागि बलियो पकड बनाएका छन् । असममा कांग्रेसआईको एलाएन्सले १९ सिट र अन्यले ५ सिट जितेका छन्
केरला
केरलामा कांग्रेस नेतृत्वको यूडीएफले १४० सदस्यीय विधानसभामा बहुमत अर्थात् १०२ सीट मा बिजय हाँसिल गरेको छ । पछिल्लो चुनावी तथ्याङ्कले भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को नेतृत्वमा रहेको सत्तारूढ वाम लोकतान्त्रिक मोर्चा (एलडीएफ) ले ३५ सिट जितेको छ भने भाजपाले तीन सीट दर्ता गरेको छ । यो फैसलालाई एलडीएफको १० वर्षे कार्यकालको निर्णायक अस्वीकृतिको रूपमा हेरिएको छ ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले सोमबार धर्मदाम विधानसभा निर्वाचन क्षेत्रमा ८५ हजार ६१४ मत ल्याएर विजय हासिल गरेका छन् । विजयन धर्मादाम निर्वाचन क्षेत्रमा कांग्रेसका अब्दुल रशीद र भाजपाका रञ्जितसँग प्रतिस्पर्धा थियो ।
तमिलनाडु
तमिलनाडुमा टिविकेले कूल सय ३४ विधानसभामा १०८ स्थानमा बिजयको आधार खडा गरेको छ दोस्रोमा द्रमुकले ७३ सीटमा जीत हाँसिल गरेको छ । त्यस्त अन्नाद्रमुकले ५३ स्थानमा जित हाँसिल गरेको छ ।
पडुचेरी
पडुचरीको कुल ३० सिटमा एनडिएले १८ स्थानमा जीत हाँसिल गरेको छ । भारतीय राष्ट्रिय काङ्ग्रेसले छ स्थानमा विजय प्राप्त गरेको छ । पडुचेरीमा टिकिकेले तीन सिट र अन्यले तीन सिट प्राप्त गरेका छन् ।
नोट : समाचार राससमा आधारित, तस्बिर : टाइम्सअफ इण्डिया

