काठमाडौं,२१ वैशाख ।

नेपालले भारत र चीनबीचको लिपुलेक हुँदै मानसरोवर यात्रा सम्बन्धी निर्णय माथि प्रश्न गर्दे नेपालले दुबै देशलाई पठाएको नोटको जवाफ दिदै भारतले आफ्ना् धारणा सार्वजनिक गरेको छ । नेपालले आइतबार भारत र चीन दुबै देशलाई लिपुलेक हुँदै यात्रारुट खोल्ने दुई देशको निर्णयबारे प्रश्न गर्दे नेपालको ध्यानाकर्षण भएको जनाएको थियो ।
भारतको परराष्ट मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार राती करिव ११ बजे सामाजिक संजालमा पोष्ट गर्दे नेपालले उठाएका विषयमा भारतीय अडान सार्वजनिक गरेका हुन् । भारतले
सन् १०५४ देखी रुट प्रयोग हुँदै आएको बताउँदै कुनै नयाँ कुरा नभएको जनाएको छ । वक्तव्यमा भारतले नेपालको लिपुलेक नाकाको दाबीहरुलाई ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको टिप्पणी गर्दे जैसवालले प्रमाणका आधारमा जायज नभएको बताएका छन् । आफूहरुले लगातार यसबारे धारणा राख्दै आएको उनको भनाई छ । वक्तव्यमा भनिएको छ “एकपक्षीय रूपमा भूभाग विस्तार गरिएको कृतिम दाबी संभव छैन ।’
भारतले नेपालसँगको सीमा विवाद लगायतका विषयमा ऐतिहासिक तथ्यका आधारमा मात्र छलफल हुनुपर्ने संकेत गरेको छ। भारत नेपालसँगका सबै विषयहरुमा रचनात्मक संवाद र कूटनीतिका माध्यमबाट समाधान गर्न तयार रहेको पनि उनले बताएका छन् ।