अधिकांश सुकुम्बासी आफ्नै व्यवस्थापनमा बसोबास गरिरहेको सरकारी दाबी

काडमाडौं,२० वैशाख ।
सरकारले बागमति र यसका सहायक नदीहरुमा बसोबास गर्ने ठूलो संख्यामा नागरिकहरुलाई बिस्थापित गरेको आरोप लागि रहेको बेला शनिबार सरकार आफैले सार्वजनिक गरेको तथ्यले आफूहरुलाई सुकुम्बासी भनेर दाबी गर्ने ७ हजार ७ सय ८९ जना मध्ये ७ सय ९४ लाई मात्र होल्डिङ्ग सेल्टरमा राखेको विवरण सार्वजनिक गरेको छ । सरकारी तथ्याङ्क अनुसार कूल विस्थापित मध्ये १ हजार ८ सय ९६ परिवारका ७ हजार ७ सय ८९ मात्र सम्पर्कमा आएको र ति मध्ये मध्येबाट करिव १० प्रतिशतमात्र होल्डिङ्ग सेन्टरमा रहेको देखिन्छ ।
बाँकी ७ हजार बढी सुकुम्बासीहरु भने आफ्नै व्यवस्थापनामा बसोबास गरिरहेको सरकारको भनाई छ । सरकारी विवरणमा भनिएको छ ‘स्वेच्छिक व्यवस्थापन दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्।’

प्रधानमन्त्री कार्यालयबाट प्रकाशीत पछिल्लो अपडेमा भनिएको छ ‘सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्मको पछिल्लो विवरण निम्नअनुसार छ ।’

यस्तो छ सरकारी तथ्याङ्क  :

आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८१६ परिवार ९७७८९ जना० सरकारको सम्पर्कमा आएका छन्।
होल्डिङ सेन्टरस् सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ।
स्वेच्छिक व्यवस्थापनस् दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्।
हाल सञ्चालनमा रहेका होल्डिङ सेन्टरहरू

होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिरहेका  स्थानहरू।
१.कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन
२.नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू
३.भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र
४.बोडेस्थित कृषि तालिम केन्द्र

तस्बिर : सामाजिक संजालबाट