नेपालको आर्थिक वृद्धिदर कति ? अरुको भन्दा अर्थमन्त्री स्वर्णिमको आँकलन धेरै
मुद्राकोष, विश्व बैक, एडिबि र स्वतन्त्र अध्ययनमा ३ प्रतिशत भन्दा कम, अर्थमन्त्री वाग्लेको प्रक्षेपण ३ प्रतिशत भन्दा धेरै ।
काठमाडौं, १५ वैशाख । अर्थमन्त्री डा. स्वर्णिमा वाग्लेले आर्थिक वृद्धिदर ३ दशमलव ५ प्रतिशतले विस्तार हुने प्रक्षेपण प्रक्षेपण गरेका छन् । सोमबार सार्वजनिक भएको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’मा आर्थिक वृद्धिदरको विवरण दिदै वाग्लेले त्यस्तो प्रक्षेपण गरेका हुन् ।
मन्त्री वाग्लेले गरेको प्रक्षेपण अन्र्तराष्ट्रिय वित्तिय संस्था र नेपालकै स्वतन्त्र विश्लेषकहरुले हालै प्रकाशीत गरेका रिपोर्ट भन्दा भिन्न छ । अन्र्तराष्ट्रिय मुद्राकोष, विश्व बैंक, एशियाली विकास बैंकले आर्थिक वृद्धिदर तीन प्रशिशत भन्दा कम हुने प्रक्षेपण गरेको पृष्ठभूमिमा कसरी ३ दशमलव ५ प्रतिशत प्रक्षेपण गरिएको हो ? स्थितिपत्रमा स्पष्टसँग खुलाइको छैन ।
नेपालको आर्थिक वृद्धि तुलनात्मक रुपमा न्यून र अस्थिर रहेको भन्दै स्थितिपत्रमा भनिएको छ ‘ पछिल्लो एक दशकको अवधिमा नेपालको आर्थिक वृद्धि औसत ४दशमलव २ रहेको छ । यस अवधिमा नेपालको अर्थतन्त्र न्यूनतम २ दशमलव ४ प्रतिशतको संङ्कुचनदेखि अधिकतम ९ प्रतिशतले विस्तार भएको छ । पछिल्ला वर्षहरुमा आर्थिक गतिविधि शिथिल रहँदा आर्थिक वर्ष २०८१/८२ मा ४दशमलव ६१ प्रतिशतले विस्तार भएको अर्थतन्त्र आर्थिक वर्ष २०८२/८३ मा ३ दशमलव ५ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको छ ।’
नेपालका सरकारी संयन्त्र सामन्यतया आर्थिक वृद्धिदर बढेको देखाउन चाहन्छन् । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा ४ दशमलव ५ प्रतिशत विस्तार हुने प्रक्षेपण छ । त्यसोत आर्थिक वर्ष ८१÷८२ को बजेटमा वृद्धिदर ६ प्रतिशत कायम हुने भनिएको थियो ।
अन्तराष्ट्रिय मुद्रा कोषले नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । यता, विश्व बैंकले त २ दशमलव ३ प्रतिशको प्रक्षेपण गरेको छ भने एशियाली विकास बैंकले २ दशमलव ७ प्रतिशत कायम हुने भनेको छ । नेपालका स्वतन्त्र अध्येता अर्थशास्त्री अनलराज भट्टराईको अध्ययन रिपोर्टमा २ दशमलव ५ प्रतिशतको आँकलन छ ।
विक्तिय संस्था र स्वतन्त्र अध्ययनबाट नेपालको आर्थिक विकासको दर ३ प्रतिशत भन्दा कम दरमा हुने अनुमान गरिरहदा अर्थमन्त्रीले ३ प्रतिशत भन्दा धेरै अपेक्षा गरेका छन् । के आधारमा उनले यस्तो अनुमान गरेका हुन् ? उनले भनेजस्तै आर्थिक वृद्धिदर यो वर्ष ३ दशमलव ५ र अर्को वर्ष त्यसको दोब्बर ७ प्रतिशत पुग्ने हो । आर्थिक विकासले छलाङ्ग मार्ने केही आधारहरु पेश गरेका छन् उनले ।
स्थितिपत्रमा विगत एक दशक अघिदेखिमा तथ्यहरु राखिएका छन् । आर्थिक मापनमा धैरै खोट देखाउन सकेका छैनन् अर्थमन्त्रीले । आर्थिक तथ्यहरु जे जस्तो त्यस्तै राखेका छन् । तर सबै भन्दा महत्वपूर्ण स्थीर सरकार हुनलाईनै सबै भन्दा ठूलो उपलब्धी ठानेका छन् र त्यहीँ बलमा सबै क्षेत्रमा सकारात्मक प्रगति हुने आंकलन गरिएको छ । बलियो सरकार , प्रभावशाली र परिणाममुखी प्रशासन हुने अपेक्षा गरिएको छ ।
आर्थिक विकासका संवाहक क्षेत्र शीर्षका वाग्लेले लेखेका छन् ‘आगामि आर्थिक वर्षदेखि औसत सात प्रतिशतको वृद्धि हासिल गर्दे पाँचदेखि सात वर्ष भित्र प्रतिव्यक्ति आय तीनहजार अमेरिकी डलर नाध्ने अर्थतन्त्रको आकार सय अर्ब अमेरिकी डलर नजिक पु¥याई नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने विभिन्न आधारहरु रहेका छन् ।’

