जलवायू विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका अनुसार हाल देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ।साथै गण्डकी प्रदेशका एक(दुई ठाउँमा मेघगर्जनरचट्याङ्ग सहित हल्का सम्मको पानी परिरहेको छ।
दिउँसो
कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ।