काठमाडौं, १४ वैशाख ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीयदलका तीन महत्वपूर्ण जिम्मेवारी सर्वसम्मत टुंगो लगाएको छ । पार्टी केन्द्रीय सम्पादन समितिको बैंठकले गरेका निर्णयलाई संसदीयबाट अनुमोदन गराएर औपचारिकता दिइएको छ ।
संसदीय दलले कांग्रेस संसदीय दलको नेतामा भिष्मराज आङ्गदम्बेलाई सर्वसम्मत चयन गरेको छ भने संदनको मुनिटर अर्थात प्रमुख सचेतकमा दैखेखबाट निर्वाचित वासना थापालाई बनाएको छ भने इलामबाट निर्वाचित निश्कल राई सचेतकमा सर्वसम्मत चुनिएका छन् ।

पाँचथरका भिष्मराज अनुभवि राजनीतिक मानिन्छन् । आङ्गदम्बे समानुपातिकबाट निर्वाचित कांग्रेसका २० सांसद मध्येका हुन् भने बासना थापा र निश्चक राई प्रत्यक्ष निर्वाचनबाट आएका प्रतिनिधि हुन् । कांग्रेसको आन्तरिक राजनीतिमा विशेष अधिवेशनबाट निर्वाचित सांसदहरु पूर्व सभापति शेरबहादुर देउवाको सिफारिसका हुन् । यता, प्रत्यक्ष निर्वाचित प्रतिनिधिहरु भने विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको सिफारिसबाट उमेदवार बनेर निर्वाचित बनेका हुन् ।

काग्रेस संसदीय दलको नेतामा आङ्गदम्बे, अर्जुनर्सिङ केसी, मोहन आचार्यले आकाक्षा राखेका थिए । संसदीय दलको नेतामा तीन जना नेताले दाबी गरेपछि कांग्रेस सम्पादन समिति बैंठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा दुवै महामन्त्रीहरु प्रदीप पौडेल र गुरराज घिमिरे रहेको सहमति गराउने समिति गठन भएको थियो ।
सो समितिको गृहकार्यपछि आज बसेको कार्यसम्पादन समितिले संसदीय दलको नेता सर्वसम्मत गराउने निर्णय गरेको हो । पार्टी उपसभापति विश्वप्रकाश शर्माले आङ्गदम्बेको नाम प्रस्ताव गरेको बताइन्छ । प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननर्सिङ केसी पुराना, पाका र अनुभवी नेता हुन् ।

पंचायत कालदेखी राजनीतिमा विशेष परिचय कमाएका केसी, पार्टी सभापति थापाका पारिवारिक सदस्य हुन् । सामाजिक संजालमा केसीलाई थापाको पारिवारिक सदस्यकोरुपमा बढी चर्चा परिचर्चा हुँदै आएको पृष्ठभूमिमा आङ्गदम्बेको पल्ला भारी भएको हो ।
केसीले जेष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभाको सभामुख भएर प्राम्भिक बैंठकहरुको अध्यक्षता गरेका थिए । प्रतिनिधिसभाको सभामुखमा रास्वपाका डिपि अर्थाल नियुक्त भएपछि केसीको पदेन सभामुख पद अन्त्य भएको थियो । त्यस्तै, आङ्दम्बे कांग्रेसका पाका नेता हुन् । प्रतिनिधिसभाको पहिलो बैंठकमा पार्टीको तर्फबाट सम्बोधन गरेका थिए । पार्टीसँगको समन्वयमा उनले सम्बोधन गरेको बताइन्छ । आङदम्बेले वर्तमान संसदको पहिलो औपचारिक गरेको सम्बोधन राजनीतिकवृतमा गहकिलो मानिएको थियो ।
काग्रेसले विशेष अधिवेशन अघि र पछिको दुबै पक्षलाई सम्बोधन गर्दे, समानुपातिक र प्रत्यक्ष निर्वाचन दुबै निर्वाचनबाट आएका प्रतिनिनिधिहरुको सन्तुलन मिलाउने गरी सर्वसम्मत निर्णय गरेको चर्चा राजनीतिकवृतमा छ ।
पार्टीको निर्णय अनुसार संसदीय दलको नेतामा आङदम्बेको नाम दलको बैंठकमा प्रस्तुत गर्ने । दलको बैंठकबाट आङ्दम्बेको नाम अनुमोदन भएपछि आङदम्बेले प्रमुख सचेतकमा बासना र सचेतकमा निश्कल राईको नाम प्रस्ताव गरेर अनुमोदन गराउने नीति कांग्रेसको हो ।
कांग्रेसले सर्वसम्मतको राजनीतिक अभ्यासकाबीच पार्टीका विशेष अधिवेशन अघि र पछिको राजनीतिक धारबीच शक्ति सन्तुलन मिलाउने प्रयास गरेको देखिन्छ । जस अनुसार पाका राजनीतिज्ञ आङदम्बे र नयाँ पुस्ताबाट बासना र निश्कल राईले प्रमुख जिम्मेवारी पाएका छन् ।

तस्बिर : सामाजिकसंजालबाट