वासिङटनमा भएको गोलीकाण्डपछि राष्ट्रपति ट्रम्पप्रति सद्भावसहित विश्वका प्रमुख नेताहरूको प्रतिक्रिया
वासिङ्टन, १३ वैशाख ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा शनिबार राति वासिङ्टनमा एक बन्दुकधारीले आक्रमण गरेपछि विश्वका नेताहरूले दुःख व्यक्त गरेका छन् । अमेरिकी कानुन प्रवर्तन निकायले ‘शटगन, ह्यान्डगन र धेरै चक्कु’ सहित एक मात्र संदिग्धलाई हिरासतमा लिइएको बताएको छ । संदिग्धले सोमबार सङ्घीय अदालतमा अभियोगको सामना गर्नुपर्ने छ ।
बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले भनेका छन्, “वासिङटनमा ह्वाइट हाउसको संवाददाताको रात्रिभोजमा भएको दृश्यले स्तब्ध बनायो। “प्रजातान्त्रिक संस्था वा प्रेस स्वतन्त्रतामाथिको कुनै पनि आक्रमणको कडा शब्दमा निन्दा गरिनु पर्छ,” स्टार्मरले आइतबार सामाजिक सञ्जाल एक्समा लेखेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले उक्त घटना ‘अस्वीकार्य’ भएको बताएका छन् ।
“लोकतन्त्रमा हिंसाको कुनै स्थान छैन,” म्याक्रोले एक्समा उल्लेख गरेका छन्
‘यस घटनामा मेरो राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पूर्ण सहानुभूति रहने छ ।” इजरायली प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी साराको हत्याको प्रयासले आफूलाई स्तब्ध बनाएको बर्ताएका छन् । “हामी अमेरिकी राष्ट्रपति र प्रथम महिला सुरक्षित र स्वस्थ हुनुभएकोमा राहतको महशुस गरेका छौँ,” नेतान्याहूले एक्समा जारी पोस्टमा उल्लेख गरेका छन् । “हामी घाइते प्रहरी अधिकारीलाई पूर्ण र छिटो स्वास्थ्य लाभको कामना गर्दछौँ र अमेरिकी गुप्तचर सेवालाई उनीहरूको द्रुत र निर्णायक कार्यका लागि सलाम गर्दछौँ ।
यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति ट्रम्प, प्रथम महिला र उपराष्ट्रपति सकुशल रहेको थाहा पाउँदा आफूलाई राहत महसुस भएको बताएका छन् । “म उनीहरूको निरन्तर सुरक्षा र कल्याणको लागि शुभकामना दिन्छु । लोकतन्त्रमा हिंसाको कुनै स्थान छैन र यसको स्पष्टरूपमा निन्दा गर्नुपर्छ,“ मोदीले एक्समा लेखेका छन् ।
क्यानडाका प्रधानमन्त्रीले राष्ट्रपति, प्रथम महिला र सबै अतिथि सकुशल रहेको पाउँदा आफूलाई राहत मिलेको बताएका छन् । “कुनै पनि लोकतन्त्रमा राजनीतिक हिंसाको कुनै स्थान छैन र मेरो सद्रभाव यस घटनाबाट विचलित भएका ती सबै जनासँग छ,” कार्नीले एक्समा लेखेका छन् ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनवामले एक्समा लेखेका छन्, “हालैका घटनापछि राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी सुरक्षित हुनु राम्रो हो । हामी उहाँहरूप्रति सम्मान व्यक्त गर्दछौँ ।”
“हिंसा कहिल्यै पनि विरोधको विकल्प हुनु हुँदैन,” शेनबामले थपेका छन् ।

