पार्टीले दिएका ७ वटा बुँदामा आधारित भएर सुझावहरु दिनुपर्ने भनिएको छ ।

काठमाडौं, ११ वैशाख ।
सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किसानहरुबाट राय सुझाव संकलन गर्ने नीति लिएको छ
। पार्टीले शुक्रबार जारी गरेको सूचनामा, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कृषि विभागले नेपालको समग्र कृषि विकासका लागि एक ठोस र व्यावहारिक राष्ट्रिय कृषि नीति तथा योजना तयार पार्ने उद्देश्यले देशभरिका कृषक दाजुभाइ तथा दिदीबहिनीहरूबाट सुझाव सङ्कलन गर्ने अभियान सुरु गरेको जनाइएको छ ।
सूचनामा भनिएको छ ‘कृषकहरूले भोगिरहनुभएका वास्तविक समस्याहरूलाई उहाँहरूकै अनुभव र ज्ञानका आधारमा कसरी समाधान गर्न सकिन्छ भन्ने व्यावहारिक उपायहरूसहितको सुझाव प्राप्त गर्ने हाम्रो मूल ध्येय हो।’
पार्टीले दिएका ७ वटा बुँदामा आधारित भएर सुझावहरु दिनुपर्ने भनिएको छ । सुझाव, इमेल, ह्वाटएपबाट पठाउन सकिन्छ भन्दै मोबाइल नम्बर पनि सूचनामा राखिएको छ ।
पार्टीको सूचना, विस्तृतमा ः
हार्दिक अनुरोध
राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रव्यापी रूपमा उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको निर्माणलाई आफ्नो मूल एजेन्डा बनाउँदै आएको छ । मुलुकको अर्थतन्त्रको मुख्य आधार मानिने कृषि क्षेत्रको वास्तविक र दीगो विकासबिना यो लक्ष्य हासिल गर्न असम्भव छ । नेपालमा कृषि क्षेत्रमा प्रचुर सम्भावना हुँदाहुँदै पनि नीतिगत अस्पष्टता, व्यावहारिक कठिनाइ र आधुनिक प्रविधिको अभावले गर्दा कृषकहरूले अझै पनि विविध समस्या भोग्नुपरिरहेको छ। यसै यथार्थलाई मध्यनजर गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कृषि विभागले नेपालको समग्र कृषि विकासका लागि एक ठोस र व्यावहारिक राष्ट्रिय कृषि नीति तथा योजना तयार पार्ने उद्देश्यले देशभरिका कृषक दाजुभाइ तथा दिदीबहिनीहरूबाट सुझाव सङ्कलन गर्ने अभियान सुरु गरेको जानकारी गराउँदछौं ।
कृषकहरूले भोगिरहनुभएका वास्तविक समस्याहरूलाई उहाँहरूकै अनुभव र ज्ञानका आधारमा कसरी समाधान गर्न सकिन्छ भन्ने व्यावहारिक उपायहरूसहितको सुझाव प्राप्त गर्ने हाम्रो मूल ध्येय हो । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न, उत्पादन बढाउन र कृषकको जीवनस्तर सुधार्न सरकारलाई रचनात्मक सुझाव दिन तथा आवश्यक नीतिगत सुधारका लागि पैरवी गर्न यी सुझावहरूले मद्दत गर्नेछन्।
तसर्थ, सम्पूर्ण सरोकारवाला दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्ना समस्या र ती समस्याका ठोस समाधानका उपायसहितका सुझावहरू यस विभागमा पत्राचार गर्न वा पार्टीको केन्द्रीय कार्यालय तथा सम्बन्धित जिल्ला कार्यालयहरूमा आफैँ उपस्थित भई बुझाउन हार्दिक अनुरोध गर्दछौं ।
सुझाव दिन सकिने मुख्य क्षेत्रहरूस्
१. नीतिगत र कानुनी सुधारस् कुन(कुन पुराना नीति वा कानुनले कृषकलाई अप्ठ्यारो पारेका छन् र तिनमा के(कस्तो परिवर्तन आवश्यक छरु
२.कृषि सहायता र समन्वयस् सरकारी सहायता – बीउ, मल, प्रविधि, अनुदान – लाई कसरी अझ प्रभावकारी र कृषकमैत्री बनाउन सकिन्छरु
३. उत्पादन शृंखला र बजारीकरणस् उत्पादन शृंखलामा बिचौलियाको अन्त्य कसरी गर्ने र कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता कसरी गर्ने ?
४.उत्पादनपछिको मूल्य अभिवृद्धिस् कृषि उपजको भण्डारण, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङका लागि के(कस्ता प्रविधि र पूर्वाधार आवश्यक छन् ?
५.भुक्तानीको समस्यास् कृषकले आफ्नो उत्पादन बिक्री गरिसकेपछि समयमै र पूर्ण भुक्तानी पाउने संयन्त्र कसरी बनाउने?
६.सिँचाइ र आधुनिक प्रविधिस् सिँचाइ सुविधा विस्तार र आधुनिक कृषि प्रविधिमा कृषकको पहुँच कसरी बढाउने?
७.जलवायु परिवर्तनस् जलवायु परिवर्तनका चुनौतीसँग जुध्न र अनुकूलनका उपाय अपनाउन कृषकलाई कसरी सहयोग गर्ने?
सुझाव इमेलमार्फत् पठाउन : info@rspnepal.org

WhatsApp/Viber  ९८४१८१६५४१, ९८५५०५६६५५
राजन गौतम प्रमुख, केन्द्रीय कृषि विभाग