सर्वोच्चको आदेश : आयोगको निर्णय सदर, गगन-विश्व वैधानिक
सङ्लोन्यूज
काठमाडौं, ४ वैशाख ।
सर्वोच्च अदालतले विशेष अधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगनकुमार थापा नेतृत्वलाई वैधानिकता दिएको छ । शुक्रबार न्यायाधीस शारंगा सुवेदी र नृपध्वव निरौलाको इजलासले रातको करिव १० बजे फैसला सुनाउँदै थापाको नेतृत्वलाई आधिकारीता दिएको हो ।
विशेष अधिवेशनबाट निर्वाचित थापा नेतृत्वलाई आम निर्वाचनको मुखैमा निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको थियो ।सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कमिटिलाई नै आधिकारिकता प्रधान गरेको छ। शुक्रबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले आयोगको निर्णय सदर गरेको गर्दे विशेष महाधिवेशनलाई आधिकारिता प्रदान गरेको छ ।
सर्वोच्चले निवेदक पूर्व सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिटलाई खारेज गरेको हो। बिहीबारदेखि इजलासमा यो मुद्धाले प्राथमिकता पाएको थियो ।
गत पुसमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दिएका थिए। उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चुनिएका खास गरेर सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका थिए।
सर्वोच्चले निवेदक पूर्व सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिटलाई खारेज गरेको हो।
देउवा पक्षबाट अन्तिममा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, रमनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, पंकज कर्ण, अरुण पौडेलले जवाफी बहस गरेका थिए । उनीहरुको बहस पछि कांग्रेस उपसभापति शर्माले बहस गरेका थिए । यो इजलासमा बिहीबारदेखि सुनुवाइ भएको थियो।
निर्वाचनको उमेदवारी दर्ता गर्ने संघारमा देउवा र खड्काले दिएको रिटममा अन्तरिम आदेश माग गरिएको थियो । माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले रिटमा केही प्रश्नहरुको निरूपण हुन्आवश्यकता देखाउँदै अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए ।
