इरानले खोल्यो हर्मुज, बन्दरगाहमा अमेरिकी सेनाको तैनाथी : इरान माथि अमेरिकी दबाब कायमै
इरानको घोषणाको बावजुद नाकाबन्दी जारी राख्ने राष्ट्रपतिको निर्णय तेहरानमाथि दबाब कायम राख्ने उद्देश्यले गरिएको आँकलन गरिदैंछ ।
काठमाडौं, ४ चैत ।
मध्यपूर्वमा डेढ महिनादेखि जारी अमेरिकाइजरायल र इरान युद्धमा नयाँ मोडमा प्रवेश गरेको छ । अप्रिल प्रारम्भ देखि ३ साताका लागि भएको युद्धबिरामकाबीच अमेरिका इरान इस्लामावाद वार्ता भएको छ भने, दोश्रो चरणका वार्ताका अभ्यासबीच भैरहेका छन् र इरानले कब्जा जमाएको स्ट्रेटअफ हर्मुजमा अब कुनै अवरोध नगर्ने, सबै खाले मालवाहक पानी जहाज आवतजावत गर्नसक्ने बताएपछि युद्ध नयाँ कूटनीतिक चरणमा प्रवेश गरेको संकेत देखिदैंछन् ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक संजालमा विश्वको लगभग २० % तेल ढुवानी हुने महत्वपूर्ण जलमार्ग अब व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला भएको जानकारी दिए । अराधचीले यसो भन्नुका पछाडि इजरायल र लेबनानमा इरान समर्थित हिज्बुल्लाह लडाकू समूह बीच १० दिनको युद्धविराम हुनुलाई लिइन्छ ।
अराधचीको सामाजिक संजाल पोष्ट पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्साहित हुँदै सामाजिक सञ्जालमा पोस्ट गर्दे भने हर्मुज पूर्ण रूपमा खुला छ र पूर्ण मार्गको लागि तयार छ । केही मिनेट पछि, उनले अर्को पोस्ट गर्दै भने हर्मुजमा तैनाथ अमेरिकी अमेरिकी नौसेनाको नाकाबन्दी इरान पूर्णरुपमा संझौतामा नआउन्जेल रहिरहने जानकारी गरे । ट्रम्पले अमेरिकाको सहयोगमा इरानले जलडमरूमबाट सबै समुन्द्री खानीहरू हटाउन काम गरिरहेको बताए ।
इरानको घोषणाको बावजुद नाकाबन्दी जारी राख्ने राष्ट्रपतिको निर्णय तेहरानमाथि दबाब कायम राख्ने उद्देश्यले गरिएको आँकलन गरिदैंछ । यसका पछाडि पाकिस्तानको इस्लामावादमा सम्पन्न द्धिपक्षीय वार्ता, वार्तामामात्र सिमित बनेको थियो । २१ घण्टा लामो वार्ताबाट हुने सहमति निस्कन सकेको थिएन ।
इराको आणणिक क्षमता, युरोनियम प्रशोधन लगायतका मामला अमेरिका इरानका पेचिला चुनौती हुन् । अमेरिका इरानले आफ्नो आणविक कार्यक्रम अमेरिकाको जिम्मामा छोड्नुपर्ने अडानबाट पछाडि हटेको छैन । अमेरिकी अडानबीच इरान प्रारम्भमा ५ वर्षको समयसीमामा मन्जुर रहेको बुझिन्छ । अमेरिका भने न्यूनतम २० वर्ष इरानले आफ्ना सम्पूर्ण आणविक क्षमता अमेरिकालाई सुम्पनुपर्ने अडानबाट पछि हटेको छैन ।
यता, लेवनननमा हेजबुल्लाहसँग भएको एउटा संझौता इरानसँगको संझौताकालागि सहयोगि हुने संभावना छ ।
लेबनन्मा भएको युद्धबिराम, हर्मुज क्षेत्रमै सैनिक तैनाथ गरेर अमेरिकाले दिएको दबाव र अन्तर्राष्ट्रिय उर्जा एजेन्सीका प्रमुखले दिएको चेनावनीबीच इरान वाध्य भएको अनुमान गरिदैंछ ।
लेबनानमा भएको युद्धविरामले इजरायल र हिज्बुल्लाह बीचको लडाईं तत्कालका लगि रोकिएको छ ।
पछिल्लो समयमा विकसित राजनीतिक, कूटनीतिक अभ्यासबीच अमेरिका, इरानबीच दोश्रो चरणको वार्ता चाडै हुने संभावना बढेको छ । वार्ता सकारात्मक भएर शान्ति संझौताको तहमा पुगेको अवस्थामा ट्रम्प आफै वार्तास्थल आउँनसक्ने आँकलन पनि गरिदैंछ ।
इजरायल र हिजबुल्लाह बीचको युद्धविराम पछि, दक्षिणी लेबनानको जेफ्तामा उनीहरु आफ्ना दिवंगत नेता हसन नसरल्लाहको तस्बिर हर्षोल्लास गर्देछन् भने यता ठूलो संख्यामा लेवननबाट बिस्थापितहरु आफ्नो गाउँ फर्किरहेको समाचार एजेन्सिहरुले जनाएका छन् ।
श्रोत ः विभिन्न समाचार एजेन्सीहरुबाट
तस्बिर साभार : न्यूयोर्कटाइम्सबाट
