अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै  कुनै सहमति हुन नसकेको बताए, वार्ता मुख्य आणविक हतियारमा अड्किएको देखिन्छ ।

काठमाडौं, २९ चैत ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता कुनै निर्णयमा नपुगेको बताउँदै कुनै संझौतामा पुग्न नसकेको बताएका छन् । भान्सले पाकिस्तानको इस्लाममावादमा आयोजित पत्रकार सम्मेलन ‘अमेरिका इरानसँग सम्झौतामा पुग्न असफल भएको छ, शनिबार दिउँसो सुरु भएको , इस्लामाबाद वार्ता को छातामुनि २१ घण्टाको मूल छलफल भयो।’
पाकिस्तानको मध्यस्थतामा दुई देशका प्रतिनिधिमण्डलहरू बीचको प्रत्यक्ष वार्ता लम्बिएर आइतबार दोस्रो दिनमा पनि विस्तार भएपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै सहमति हुन नसकेको बताए ।
पाकिस्तानी समाचार द डाउनका अनुसार भान्सले पत्रकार सम्मेलन गरेर वार्तामा कुनै सहमति हुन नसकेको बताएका छन् । ‘हामी अहिले २१ घण्टादेखि वार्तामा छौं, हामीले धेरै ठोस छलफलहरू गरेका छौं, त्यो राम्रो खबर हो,” भान्सले भने “नराम्रो खबर यो हो कि हामी सम्झौतामा पुगेका छैनौं ।’

भान्सले वार्तामा आफूहरुले आफ्ना शर्तहरुको बटमलाईन राखेको अमेरिकी उपराष्ट्रपतिले भने -इरानी इरानी प्रतिनिधिमण्डलले हाम्रा सर्तहरू स्वीकार नगर्ने संकेत दिए ।

भान्सको पत्रकार सम्मेलनका मुख्य बुँदाहरू

इस्लामाबादमा अमेरिका(इरान वार्ता २१ घण्टा चल्यो, कुनै संझौता हुन सकेन । सम्झौता बिना नै समाप्त भयो।

इरानले आणविक हतियार बनाउने छैन भन्ने ग्यारेन्टीमा दिनुपर्दछ भन्ने अमेरिकी शर्तलाई इरानले स्वीकारेन ।

छलफल महत्वपूर्ण रह्यो । आणविक नीति र क्षेत्रीय द्वन्द्व जस्ता मुद्दाहरूमा प्रस्तावहरू आदानप्रदान भए ।

गतिरोधको बावजुद मध्यस्थता गरेकोमा दुवै पक्षले पाकिस्तानको प्रशंसा गरे। भान्सले प्रधानमन्त्री शेहबाज शरीफ र रक्षा बल प्रमुख र सेना प्रमुख फिल्ड मार्शल असिम मुनीरको प्रशंसा गर्दै अमेरिका इरानबीचको खाडल कम गर्न र सम्झौतामा पुग्न मद्दत गरेको बताए ।

वार्ता मुख्य आणविक हतियारमा अड्किएको देखिन्छ । भ्यान्सले इरानको आणविक संवर्धन सुविधाहरू ूनष्टू भइसकेको बताउँदै दीर्घकालीन रूपमा इरानले आवणिक सुविधाहरु त्याग्नुपर्ने धारणा राखे ।

यसैबीच, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सामाजिक संजालनमा लेखेका छन् इस्लामाबादमा इस्लामिक गणतन्त्र इरानको प्रतिनिधिमण्डलको लागि यो एक व्यस्त र लामो दिन थियो । दुई पक्षहरू बीच धेरै सन्देश र प्रतिवेदनहरू आदानप्रदान गरिएको छ।

बर्काईले होर्मुजको जलडमरूम, आणविक मुद्दा, युद्ध क्षतिपूर्ति, प्रतिबन्धहरू हटाउनेम र इरान र यस क्षेत्रमा युद्धको पूर्ण अन्त्य गर्ने कुराहरु वार्तामा समावेश भएको लेखेका छन् । उनले भनेका छन् -यस कूटनीतिक प्रक्रियाको सफलता विपक्षी पक्षको गम्भीरता र सद्भावमा निर्भर गर्दछ, अत्यधिक मागहरू र गैरकानूनी अनुरोधहरूबाट टाढा रहने, र इरानको वैध अधिकार र हितहरूको स्वीकृतिमा निर्भर गर्दछ। बकाईले पाकिस्तानको न्यानो हृदय सहित वार्ता आयोजना गरेर परोपकारी प्रयासहरु गरेको बताए ।
श्रोत : विभिन्न समाचार एजेन्सि, तस्बिर : द डाउन, पाकिस्तान ।