राष्ट्रपति समक्ष मन्त्रीहरु गौरी यादव र रामजी यादवले सपथ लिए
काठमाडौं, २७ चैत।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिए । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपतिसमक्ष मन्त्रीद्धयले पद तथा गोपनीयताको शपथ लिएका हुन।
समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा अन्य लब्धप्रतिष्ठित महानुभावहरूको उपपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
