मन्त्रीमण्डलमा पुर्नगठन : गौरी यादव उद्योग, रामजी यादव श्रममन्त्री
काठमाडौं, २७ चैत ।
बालेन्द्र शाह नेतृत्वको सरकार पुर्नगठित हुने भएको छ । प्रधानमन्त्री कार्यलयका अनुसार प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव सिफारिस गरेका छन् ।
उनीहरूलाई शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष मन्त्रीका लागि सिफारिस गरेका हुन् र आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यसूची तय गरिएको छ।
सिफारिस दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन् । बिहिबार प्रधानमन्त्री शाहले रास्वपा पार्टीको सिफारिसको आधारमा दीपक गुप्तालाई श्रममन्त्रीबाट बर्खास्त गरेका थिए ।
