युद्धबिरामसम्म इरानलाई सहमत गराउन पाकिस्तानले मुख्य भूमिका निर्वाह गरेको ट्रम्पले स्वीकारेका छन् । चिन र अमेरिकासँग समन्वय गर्दे पाकिस्तानले इरान माथि युद्धविरामको दबाव बढाएको हो ।

सङ्लोन्यूज
काठमाडौं, २५ चैत ।
डेढ महिनादेखी जारी अमेरिकाइजरेल, इरान युद्ध दुई साताका लागि बिराम लागेको छ । स्ट्रेटअफ हर्मुज सामुन्दिक नाकामा इरानले अवरोध नगर्ने मुख्य सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको मार्ग प्रशस्त भएको बताएका छन् ।
ट्रम्पले इरान संझौतामा नआए इन्धन पूर्वाधार, पुलहरु लगायतका संरचनामा आक्रमण गर्दे ४५ वर्षदेखीको इस्लामिक धार्मिक शासनसत्ता पूर्णरुपमा ध्वस्त पार्ने चुनौतीबीच क्षेत्रिय शक्तिहरुको सक्रियता र पाकिस्तानको मध्यस्थतामा दुईसाताको युद्धविराम भएको समाचारहरुले जनाएका छन् ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले इरानबाट आएको सहमतिपत्र वार्ताक लागि व्यावहारिक आधार बनेको बताउँदै र वार्ताहरू जारी रहनेछन्। राष्ट्रपति ट्रम्पको ध्वस्त पार्ने कडा चुनौतीबीच हर्मुजको जलडमरू पुनस् खोल्न इरान वाध्य भएको देखिन्छ ।
अन्र्तराष्ट्रिय समाचार एजेन्सिहरुका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धमा दुई साताको युद्धविराम स्वीकार गरेको छ। विज्ञप्तिमा शुक्रबारदेखि इस्लामाबादमा संयुक्त राज्य अमेरिकासँग वार्ता हुने जनाइएको छ । इरानले पूर्णरुपमा युद्धको अन्त्य नभएको संकेत गर्दे विज्ञप्तिमा भनिएको छ ूहाम्रो हात ट्रिगरमा रहन्छ, र यदि शत्रुले थोरै गल्ती गर्यो भने, यसलाई पूर्ण शक्तिका साथ
त्यस्तो त युद्धबिराम हुनु अघिसम्म अमेरिका इरान माथि जाइलागिरहेको थियो । अमेरिकाले इरानी तेल केन्द्र खार्ग टापुमा सैन्य लक्ष्यहरू प्रहार गर्यो, ह्वाइट हाउसका एक अधिकारीले बताएका छन् । खार्ग टापुलाई लक्षित गर्दे दोस्रो पटक आक्रमण गरिएको हो । खार्ग टापु इरानको प्रमुख इन्धन प्रशोधन केन्द्र हो । यसैबीच, इजरायली युद्धक विमानहरूले इरानमा पुल र रेलवेहरूमा प्रहार गरे गरेको बताइएको छ ।

दुई साताको युद्धबिराम पछि इरान युद्ध नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकाइजरेले इरान आक्रमणको सामरिक उदेश्य प्राप्त भइसकेको प्रतिक्रिया दिदै आएका छन् । आक्रमणको प्रमुख उदेश्यमा इरानको इस्लामिक सक्ता अपदस्त गर्ने भन्ने थियो । युद्धले तहसनहस भएको र इस्लामिक सत्ताका वरिष्ठ नेतृत्व मारिइसकेको अवस्थामा आगामि दिनका वार्ता कसरी अगाडि बढ्ने हुन् त्यो स्पष्ट छैन ।
इरान युद्धविरामसम्म आउँनुको पछाडि ट्रम्पको सम्पूर्ण सिद्धाइ दिने चुनौती, शक्तिराष्ट्रहरु चिन, रुस, युरोपेली, अरव राष्ट्रहरुको भूमिका र पाकिस्तानको निरन्तरतको लगावबाट संभव भएको देखिन्छ । युद्धबिरामसम्म इरानलाई सहमत गराउन पाकिस्तानले मुख्य भूमिका निर्वाह गरेको ट्रम्पले स्वीकारेका छन् । चिन र अमेरिकासँग समन्वय गर्दे पाकिस्तानले इरान माथि युद्धविरामको दबाव बढाएको हो ।
ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफलाई आफूले गरेका कुराकानीहरूमध्ये एक व्यक्तिको रूपमा नाम दिएका छन् । शेहबाजले सशर्त सम्झौताको नेतृत्व गरेको बतइएको छ । त्यस्तै पाकिस्तानका फिल्ड मार्शल असिम मुनिरको नाम पनि ट्रम्पले लिएका छन् ।
युद्धबिराम अघि इरानले अमेरिकी पत्रकार शेली किटलसन, जसलाई गत हप्ता इरान समर्थित इराकी मिलिशियाले बगदादमा अपहरण गरेको थियो उनलाई रिहा गरिएको छ । उनको रिहाइ हुनुभन्दा अगाडि, इरानको लडाकु समूहले इराकका प्रधानमन्त्रीको देशभक्तिपूर्ण अडानको कदर  गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले युद्धबिराम भएकोमा आभार व्यक्त गरेका छन् । तस्बिर : द डाउन, पाकिस्तान ।