विज्ञापन बजेट केबल सरकारी मिडियालाई मात्र दिने निर्णय गरेर सरकारले नयाँ किसिमको तानाशाहीको बिउ रोपेको छ ।

काठमाडौं,२२ चैत ।
नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य रन्जित कर्णले सरकारी मिडियालाईमात्र विज्ञापन दिने सरकारको नीतिको कडा शब्दमा आलोचना गर्दे त्यसलाई सच्याउन आग्रह गरेका छन् । सामाजिक सजालमा पोष्टमा आफ्ना भनाई राख्दै कर्णले भनेका छन् ‘सत्ताको भजन गाउँनेलाईमात्र पोस्न र सत्य बोल्नेलाई भोकै मार्ने खेल बन्द गरियोस ।’

कर्णले सरकारले आफ्ना कमजोरी लुकाउन र आलोचकको मुख थुन्न राज्यकोष दुरुपयोग गरिरहने हो भने देशमा अर्को बिद्रोहको ज्वालामुखि दन्कने चेतावनी दिएका छन् । नेपालमा लोकतन्त्रको आवाज निजि मिडिया बनेको बताउँदै कर्णले भनेका छन् ‘आज नेपालमा हामि लोकतन्त्रको जुन श्वास फेरिरहेका छौं, त्यसलाई जिवित राख्ने काम सरकारहरुले होइन निजि मिडियाले गरेको हुन् । निजि मिडिया लोकतन्त्रका पहरेदार हुन् ।’
कर्णले विकास र सुशासनको आश गरेको सरकारनै प्रेसको घाँटी निमोठने प्रयास गरिरहेको बताउँदै भनेका छन् ‘विज्ञापन बजेट केबल सरकारी मिडियालाई मात्र दिने निर्णय गरेर सरकारले नयाँ किसिमको तानाशाहीको बिउ रोपेको छ ।’

पाकिस्तान र हंगेरीमा मिडियालाई आर्थिक भोकमरीमा धकेलेरनै लोकतन्त्रको हत्या गरेको चर्चा गरेका छन् कर्णले । ‘हामिले २०५९का ति काला दिनहरु बिर्र्सिएका छैनौं । जब राज्यको प्रत्यक्ष शासनमा बन्दुकको छाँयामा समाचार लेख्न वाध्य पारिएको थियो’कर्णले भनेका छन् ‘आज बन्दुको ठाउँ बजेटले लिएको छ ।मिडियालाई भौतिकरुपले होइन, आर्थिकरुपमा मार्नु झनै घातक हुन्छ ।’
स्थानीनतहलाई वर्तमान सरकारदे केन्द्रको इकाई जस्तो ठानेको बताएका छन् उनले । ‘ स्थानीय सरकारालाई संविधानले स्वशासित सरकार मानेको छ ।केन्द्रको इकाई होइन ।’ कर्ण भन्छन् ‘ संघीयताको मर्म विपरित आर्थिक मेरुदण्ड भाच्नु कायरता  हो ।’