काठमाडौं, २२ चैत ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हराई रहेको चालक दलका सदस्य सकुशल भेटिएको सामाजिक संजालमा सार्वजनिक गरेका छन् । ट्रम्पले बेपत्ता चालक दलका सदस्य ुसुरक्षित र बोल्नसक्ने अवस्थामा रहेको जनाएका छन् ।
अमेरिकी समय १०स्०६ मा ट्रम्पले ट्रुथ सोसलमा चालक दलका सदस्य भेटिएमा खुसी हुदै साझा गरेका हुन् ।
अमेरिकी सैन्य बलहरूले उद्धार गरेपछि बेपत्ता अमेरिकी चालक दलका सदस्य सुरक्षित छन । ट्रम्पले भनेका छन् ‘ हामीले उनलाई पाएका छौं ’ मेरा अमेरिकी साथीहरू, विगत केही घण्टामा, अमेरिकी सेनाले अमेरिकी इतिहासको सबैभन्दा साहसी खोज र उद्धार कार्यहरू अगाडि बढाएर सफल भएको उनले बताएका छन् ।
ट्रम्पले बेपत्ता चालक दलका सदस्य, जो एक उच्च पदका कर्णेल हुन । अमेरिकी गुप्तचर संस्था सिआएले चालक दलका सदस्य पहाडको खोचमा भएको तथ्य सहित लोकेसनबारे जानकारी दिएको थियो ।
२४ घण्टा देखीको निरन्तर चालक दलका सदस्य रहेको स्थान निगरानीबाट गरेर आफ्ना नागरिकलाई बचाएकोमा ट्रम्पले खुसी प्रकट गरेका छन् ।
शुक्रबार इरानको दक्षिणि भागमा इरानले US F-15 fighter  खसालेको थियो । विभान खसाले पछि पाइलट र अर्का प्राविधिक विज्ञ वेपक्ता भएका थिए । पाइलटलाई यस अघिनै उद्धार गरिएको थियो ।

तस्बिर साभार : www.thevibes.com