मध्यपूर्वको युद्ध प्रभाव : साताको दुई दिन बिदा
मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न कानुनी मान्यता दिने निर्णयसमेत गरेको छ ।
काठमाडौ।, २२ चैत ।
मध्यपपश्चिममा जारी युद्धका कारण पेट्रोलियम पदार्थमा भैरहेको अहसजाबीच सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउदैं भने भने , ‘‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयको समय बिहान ९ देखि ५ बजे बनाउने निर्णय भएको छ।’
एक महिनादेखी अमेरिक, इजरायल र इरानबीचको युृद्ध जारी छ । इरानले इन्धन आयात हुने प्रमुख नाका स्ट्रट अफ हर्मुजमा नियन्त्रण गरेको छ । त्यस्तै, इरानले खाडीका इन्धन उत्पादक सबैजसो राष्ट्रका पेट्रोलियम उत्पादन तथा प्रशोधन केन्द्रमा आक्रमण गरेपछि इन्घनको विश्वबजारको आपुर्ति र उपभोगको चक्र नराम्ररी प्रभावित भएको छ ।
पेट्रोलियमको असहजताबीच सुरु भएको दुई दिने बिदा, स्थिति सामान्य भएपछि पनि निरन्तर हुने हो वा होइन त्यो खुलाइएको छैन ।
त्यसैगरी बैठकले एसियाली विकास बैङ्क र विश्व बैङ्कले उपलब्ध गराउने ९० मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण र विश्व बैङ्कबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।
सँगै सरकारले राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न कानुनी मान्यता दिने निर्णयसमेत गरेको छ ।
