काठमाडौं, २१ चैत ।

इरानको आणविक ऊर्जा संगठनले युद्धको क्रममा बुशेहर आणविक ऊर्जा केन्द्र नजिकै इजरायलले गरेको चौथो पटक आक्रमण गरेको छ ।
संगठनले आक्रमणमा प्लान्टको भौतिक सुरक्षार्थ खटेका कर्मचारीहरू मध्ये एकको मृत्यु भएको बताएको छ । इरानले अमेरिका र इजरायललाई जिम्मेवारी लिनुपर्ने आरोप लगाएको छ। अमेरिका र इजरायलले आक्रमणको पुष्टि गरेका छैनन्।
विज्ञप्तिमा भनिएको छ ‘प्रारम्भिक अनुसन्धानले घटनाले प्लान्टको मुख्य भागहरूमा ूक्षति पुर्‍याएको छैनू तर यसको सञ्चालन ूप्रभावितू भएको देखिन्छ । विज्ञप्तिमा चेतावनी दिदै भनिएको छ रेडियोधर्मी पदार्थको महत्त्वपूर्ण मात्रा भएको कारणले गर्दा, कुनै पनि गम्भीर क्षतिले ठूलो आणविक दुर्घटनाको जोखिम लिनसक्छ।
यता, आणविक केन्द्रमा भएको आक्रमणको घटनापछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले आणविक केन्द्र नजिक भएको आक्रमणमा गहिरो चिन्ता व्यक्त गर्दे युद्धरत पक्षलाई आणविक केन्द्र अधिकतम सैन्य संयम अपनाउन आह्वान गरेको छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी( IAEA) इरानको बुशेहर आणविक केन्द्र नजिकै भएको आक्रमणको बारेमा जानकारी प्राप्त गरेको बताउँदै अधिकतमा संयमता आवश्यक छ । आएइएले भनेको छ ूविकिरणको स्तरमा कुनै वृद्धि भएको रिपोर्ट गरिएको छैन ।’
आएइएले आणविक केन्द्र र नजिकैका क्षेत्रहरूमा कहिल्यै आक्रमण गर्नु हुँदैन भन्दै आणविक दुर्घटनाबाट बच्नूअधिकतम सैन्य संयम अपनाउन आह्वान गरेको छ।

बुशेहर इरानको एक मात्र सञ्चालनमा रहेको आणविक ऊर्जा केन्द्र हो । केन्द्र रूसको सहयोगमा निर्माण भएको बताइन्छ ।
अन्तराष्ट्रिय समाचार एजेन्सिहरुका अनुसार मस्कोले प्लान्टबाट आफ्ना धेरै कर्मचारीहरूलाई बाहिर निकालिसकेको छ । रूसको राज्य आणविक निगम, रोसाटोमका प्रमुख, एलेक्सी लिखाचेभले दुई दिन अघि आफ्ना कर्मचारी केन्द्रबाट बाहिर निकाल्ने बताएका थिए ।

बिभिन्न समाचार एजेन्सीबाट, तस्बिर: CNN