काठमाडौ., १९ चैत ।
आजदेखी प्रारम्भ हुने प्रतिनिधिसभाको पहिलो बैंठकमा संसदमा रहेका राजनीतिक पार्टीका नेताहरुले सम्बोधन गर्ने संसदको कार्यसूची छ । नेपाली कांग्रेसबाट सांसद भिष्मराज आङ्गदम्वेले सम्बोधन गर्ने कार्यक्रम नेपाली कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलका अनुसार कांग्रेसको तर्फबाट आङ्गदम्वे ले बोल्ने तय भएको छ । पार्टीले संसदीय दलको नेता अहिलेसम्म चुनेको भने छैन । प्रतिनिधिसभा कांग्रेसका प्रत्यक्षका १८ र समानुपाकि २० गरी ३८ सांसद रहेका छन्।

तस्बिर : समाजिक संजाल