कांग्रेसले पूर्णबहादुर खड्कालाई सचेत गरायो, थाल्यो अन्तर्घात गर्नेहरु माथिको छानविन
समितिमा हालसम्म प्राप्त ५०७ जनाको उजुरीलाई वर्गिकरण गर्दे कारवाहीको प्रक्रिया अगाडी बढाउने
काठमाडौ, १८ चैत ।
नेपाली कांग्रेस केन्द्रीय अनुसन्धान समितिले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराउने निर्णय गरेको छ । बुधबार समितिका समापति तारामान गुरुङ्गको अध्यक्षतामा बसेको बैंठकले खड्काको नाम भने उल्लेख गरेको छैन।समितिको बैंठकको निर्णयमा भनीएको छ ‘ विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ ।’
समितिले प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उमेदवारहरुलाई अन्तर्घात गर्नेहरुको अनुुसन्धान सुृरु गरेको छ।समितिमा हालसम्म प्राप्त ५०७ जनाको उजुरीलाई वर्गिकरण गर्दे कारवाहीको प्रक्रिया अगाडी बढाउने भएको छ । आरोप लागेकाहरुलाई सात दिन भित्र स्पष्टिकरण सोध्ने निर्णय समितिले गरेको छ । समितिले चैत मसान्त भित्र अरु उजुरी गर्न सकिने बताउँदै तोकिएको मितिसम्ममा समितिमा उजरीहरु पठाउन भर्निको छ ।
समितिका सचिव दिनेश थापा मगरले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी विभिन्न जिल्ला र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा हालसम्म ५०७ जना व्यक्तिको विरुद्ध दिनु भएको उजुरीहरुलाई तपशील बमोजिम वर्गीकरण गरी अविलम्व टुंगोमा पु¥याउने निर्णय गर्दछ ।’
निर्णयहरु
१.(क) निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक वसेका ।
(ख) निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका ।
(ग) पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रुपमा विपक्षीलाई टेवा पु¥याएका ।
(घ) निर्वाचनमा नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका ।
(ङ) नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका ।
२. छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट ७ (सात) दिनभित्र स्पष्टिकरण (सफाई) माग गर्ने निर्णय गर्दछ ।
३.विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ । साथै, अव उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि वढाउने निर्णय गर्दछ ।
४. प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गर्दछ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही गरिने छैन ।
