आपसमा भिड्दै कांग्रेस : विनाशकाले विपरित वुद्धि
समाचार विश्लेषण ।
विशेष अधिवेशन पक्ष, अधिवेशन बाहिरको पक्ष दुबैलाई एकिकृत गर्दे १५ औं महाधिवेशनमा डो¥याउने जिम्मेवारी र दायित्व गगन, विश्वप्रकाशहरुको हो , उनीहरु संवाद, सहमति र सहकार्यको मूलबाटोबाट अघि बढ्न सक्नुपर्दछ । सबैलाई समेट्दै जिम्मेवार नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ,बिलम्ब गर्ने समय छैन ।
काठमाडौं, १७ चैत ।
निर्वाचन परिणामबाट नराम्ररी थला परेको कांग्रेस यतिखेर आपसमा भिड्न थालेका छन् र एक किसिमको शक्ति प्रर्दशनमा उत्रिएका छन् । किन यस्तो अवस्था ? राजनीतिक विश्लेषक पुनञ्जन आचार्यको शब्दमा ‘विनाशकाले विपरित वुद्धि ।’
कांग्रेसको आन्तरिक राजनीतिमा विशेष अधिवेशनबाट आएको कांग्रेस र विशेष अधिवेशनबाट पाखा लगाएको कांग्रेसको खास गरेर नेतत्वतहबीच एक किसिमको भिडन्त छ, आन्तरिकरुपमा ।फागुन २१ को निर्वाचन पछि कांग्रेसले एउटा कठिन समय पार गर्दे महाधिवेशन होमिएको छ । पार्टी सभापति गगनकुमार थापाको राजीनामा प्रसङ्ग, केन्द्रीय समितिले राजीनामा अस्वीकार गर्दे उनलाई विशेष अधिवेशनको कार्यभार जिम्मा लगाएको राजनीति । निर्वाचन समीक्षाका २७ बुँदा र विगतको नेतृत्व प्रति गरिएका प्रश्नबीच कांग्रेसमा समानान्तर गतिविधि बढ्न थालेका हुन् । थापाको राजीनामालाई भित्रभित्रै उछाल्दै आएको पूर्व कार्यवाहक सभापति पूर्ण खडकाको समुह यतिखेर खुलेर राजनीतिक गतिविधि गर्देछ ।
कांग्रेसका जानकारहरु यतिबेला एकपछि अर्को राजनीतिक कार्यक्रम राख्नुको ध्येय चैत २२ ठान्दछन् । ‘हामि पनि छौं, भन्ने सन्देश दिन एकपछि अर्को प्रर्दशन गरिएको हो ।’ कांग्रेसका एक सांसदको टिप्पणी छ ।
फागुन १६ गते कांग्रेसका सभासदहरुलाई बधाई दिने योजना सहित कार्यक्रम राखियो । खडका सहित नेता, डा. शेखर कोइराला, डा. शंशाक कोइराला,प्रकाशमान सिंह, बिमलेन्द्र निधिल, एन.पि सावद, मीनेन्द्र रिजाल, महालक्षी उपाध्याय डिना लगयतको अग्रसरता देखिन्छ । शेखर, निधि, रिजाल, सावद, डिना सबै निर्वाचनमा पराजित पात्र हुन् । सांसदहरुको स्वागतमा कांग्रेसका प्रतिनिधिसभा ३८ मध्ये ११ र राष्ट्रियसभाका नयाँ ९ जना समेत २१ जनाको उपस्थिति रहेको थियो । प्रतिनिधिसभामा निर्वाचित समानुपातिक २० जना सांसद र राष्ट्रियसभाका ९ जना सांसद पूर्व सभापति शेरबहादुर देउवा नेतृत्व सिफारिसका हुन् ।
खडका नेतृत्वको समुहले चैत १७ मा केन्द्रीय सदस्यहरुको बैंठक बोलाएको छ भने १८ गते जिल्ला सभातिहरुको बैंठक बोलाइएको छ । तारन्तारका राजनीतिक अभ्यास किन ? चैत २२ गते सर्वोच्च अदालतले कांग्रेसको वैधानिकताबारे फैसला गर्ने कार्यसूचि छ । विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुरको आयोगको निर्णय प्रश्न उठाउँदै सर्वोच्च अदालतमा जाहेरी गरेका थिए । कांग्रेसका जानकारहरु यतिबेला एकपछि अर्को राजनीतिक कार्यक्रम राख्नुको ध्येय चैत २२ ठान्दछन् । ‘हामि पनि छौं, भन्ने सन्देश दिन एकपछि अर्को प्रर्दशन गरिएको हो ।’ कांग्रेसका एक सांसदको टिप्पणी छ ।
यता कांग्रेसले अनुशासन समितिको बैंठक बोलाएको छ । कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खडकाले पार्टीको नाममा गतिविधी गरिरहेको आरोपमा उनी माथि कारवाही चलाउने संभावना छ । समितिको बैंठक १८ चैतमा राखिएको छ र सतहमा आएका चर्चा अनुसार उनी माथि अनुशासनको नाममा कारवाही हुनसक्छ । कांग्रेसले औपचारिकरुपमा १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ — चैत तेश्रो साता प्रारम्भ भएर अशोज २०८३ मा सम्पन्न गर्नेगरी । पार्टी सभापति थापाले पार्टी महाधिवेशनमा होमिएको उद्घोष गरिसकेका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा ८ दशकदेखी निरन्तर अगुवाई गर्दे आएको कांग्रेस यतिखेर केही अभिभावकीय अनुहारका व्यक्तित्वहरुको अह्मको राजनीतिक शिकार बनिरहेको देखिन्छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस भित्रको राजनीतिक अभ्यासलाई ‘ विनासकाले विपरित बुद्धी’ संज्ञा दिन्छन् ।‘ पार्टीमा एकिकरणमा कोही लागि रहेका छैनन्’ आचार्य भन्छन् ‘ सबै विभाजनमा अग्रसर देखिन्छन् ।’
इगोमा आधारित राजनीतिक अभ्यास भैरहेको आचार्यको टिप्पणी छ। ‘जिम्मेवार भएर सबैलाई मिलाउन सभापति पनि अग्रसर भएनन्, लामो अनुभव र पारिवारिक विरासत बोकेकाहरुले सामान्य शिष्टाचार प्रर्दशन गर्न सकिरहेका छैनन्’ आचार्य भन्छन् ‘एकता अधिवेशनमा सबै अग्रसर हुनुको विकल्प छैन ।’
काग्रेस प्रवक्ता देवराज चालिसे, पार्टीमा सबै पक्षलाई मिलाउने कामहरु भैरहेको बताउँछन् । विभिन्न पक्षबाट कुराकानी भैरहेको बताउँछन् चालिसे । ‘कतिपयसँग कुरा भएको छ, ठूलो समस्या छैन’चालिसेले भने ‘ केही त अति अतिवादी छन्,सत्यानाशको बाटो समातेका ।’
पूर्व केन्द्रीय सदस्य रामहरी खतिवडा कांग्रेस पार्टीलाई एक बनाउनु बाहेकको विकल्प नभएको बताउँछन् । ‘एकता र मेलमिलापको कुरा न गगनले बुझेको देखिन्छ, त अरुहरुले बुझेक छन्’ खतिवडाले भने ‘पहल पार्टीको जिम्मेवार फस्टम्यानबाट प्रारम्भ हुनुपर्दछ ।’
कांग्रेसमा को वैधानिक त्यो टुंगिन बाँकी रहेको बताउँछन् पूर्व केन्द्रीय सदस्य किरण पौडेल । ‘कसलाई समानान्तर भन्नै, कसलाई वैधानिक भन्ने’ पौडेलले भने ‘ त्यसको टुंगो अदालतबाट हुन्छ, टुंगो नलागुन्जेल यस्तै हो।’ विशेष अधिवेशनको वैधानिकताको परख हुन बाँकी रहेको पौडेलको कथन छ ।पौडेल भन्छन् ‘ निर्वाचन आयोगले भनेर मात्र हुन्छ ? कांग्रेसको विधानको व्याख्या हुन आवश्यक छ । त्यो काम अदालतबाट हुने विश्वास छ ।’
गतितीय बहुमतको ह्याङ्गओभरले राजनीतिक निकास दिदैंन, जुन अहिले छैन, त्यो कामयावी हुँदैन, त्यो आत्मरती मात्र हुनजान्छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा ८ दशकदेखी निरन्तर अगुवाई गर्दे आएको कांग्रेस यतिखेर केही अभिभावकीय अनुहारका व्यक्तित्वहरुको अह्मको राजनीतिक शिकार बनिरहेको देखिन्छ । पूर्व कार्यवाहक पूर्ण खडका नेतृत्वको समुह जो गणितीय हिसावले बलियो र सम्पन्न थियो । केन्द्रीय समितिमा प्रचुर बहुमत थियो, त्यो अहिले छैन, त्यो सत्यलाई स्वीकार्न सक्नुपर्दछ । आफ्नै पार्टीका जिम्मेवार ६० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले गरेका निर्णयको वैधानिकताबारे प्रश्न गरिरहनु सायद राजनीति होइन ?
पराजयता,आक्रोस, अह्म,अहंकार,अस्वीकार्यताबाट मुक्त हुनसक्नुपर्दछ । गतितीय बहुमतको ह्याङ्गओभरले राजनीतिक निकास दिदैंन, जुन अहिले छैन, त्यो कामयावी हुँदैन, त्यो आत्मरती मात्र हुनजान्छ । बद्लिएको छ मुलुकको राजनीतिक परिदृश्य । बद्लिन आवश्यक छ, कांग्रेसजन मन, वचन र कर्मले । वैधानिक र अवैधानिक, बुहुमत र अल्पतमा अल्झिने सयम होइन अहिले । मुलुकको राजनीतिक मूलप्रवाहबाट किनाराकृत भएको अवस्थालाई गंभिर भएर विवेचना गरिएन भने कांग्रेस विभाजनको संघारमा पुग्नसक्ने खतरा सामुन्ने छन् ।
विशेष अधिवेशन पक्ष, विशेष अधिवेशन बाहिरको पक्ष दुबैलाई एकिकृत गर्दे १५ औं महाधिवेशनमा डो¥याउने जिम्मेवारी र दायित्व गगन, विश्वप्रकाशहरुको हो । उनीहरु संवाद, सहमति र सहकार्यको मूलबाटोबाट अघि बढ्न सक्नुपर्दछ । सबैलाई समेट्दै जिम्मेवार नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ, बिलम्ब गर्ने समय छैन ।

