गीत :चुस्समात्र पिएको थेँ
चुस्समात्र पिएको थेँ,होस सारा गुमाएछु
नसामा नसा चढ्दा,आज एक्लो भएको छु ।।
म त आज बिटुलिएँ, एक चुस्की लाएपछि
म त अछुत् भएको छु, आफैँमा लाज् लागेपछि
चुस्समात्र लगाएँ थेँ, के पो मैले बिगारेँ ररु
फसायौ तिमीले आज,नसामा बिष् पिलाएर।।
अब बाँकी केही छैन, बुद्धि र विवेक पनि
कस्तो नशा पिलाएछौ,छुट्नै नसक्ने गरि
नसाभन्दा झनै लाग्ने,पिलाएछौ लाजनीति
म त डुबेँ सागरमा, नडुबुन् युवायुवती।।
