एमालेले बोलायो जरुरी सचिवालय बैंठक

काठमाडौं, १४ चैत ।
निर्वाचनबाट शानदार बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सपथ लिएर मुलुकको बागडोर सम्हाल्नै वित्तिकै जेनजिक आन्दोलनको समयका प्रधानमन्त्री केपि शर्मा ओली तथा गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेको छ ।
शुक्रबार पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को अध्यक्षमा बसेको मन्त्रीपरिषद बैंठकले जेनजि आन्दोलनको छानविन गर्न गठित पूर्व न्यायाधीस गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई सुरक्षाकर्मी बाहेकका अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आयोगको प्रतिवेदन मिडियाबाट लिक भएपछि पूर्ववती सुशिला कार्की सरकारले प्रशसनीक प्रक्रिया पुरा गर्दे प्रतिवेदन कार्यान्वयनको बाटो खोलेकी थिएन ।
गृहमन्त्री सुधन गुरुङले ओली र लेखकको प्रक्राउलाई न्यायको सुरुवात हो भनेका छन् । सामाजिक संजालमा सुधन गुरुङ सामाजिक संजालमा लेखेका छन् ‘वाचा वाचा रनै हो। कानुनभन्दा माथि कोही छैन ।’ गुरुङले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’
जानकार श्रोतका अनुसार प्रहरीले पक्राउका गर्न लिखित आदेश मागेपछि शुक्रबार राती नै गृहसचिव राजकुमार श्रेष्ठ कानुन सचिव परासर ढुंगानालाई लिएर प्रहरी प्रधान कार्यालय पुगेका थिए ।
सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको दाबी गरेको छ । ओली र लेखकलाई प्रकाउ गर्दा गृह मन्त्रालय जाहेरीकर्ता बनेको छ ।
गृह मन्त्रालय जाहेरीकर्ता बनेर औपचारिक पत्र पाएपछि प्रहरीले जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गर्न प्रकाउ गरेको हो । गुरुङले सामाजिक संजालमा लेखेका छन् ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’
यता, एमालेले पार्टी अध्यक्ष प्रक्राउ बारे छलफल गर्न एमाले सचिवालय बैंठक बोलाएको छ ।