काठमाडौं, १३ चैत ।
बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभए लगत्तै १५ जना नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष १५ जना मन्त्रीले शपथ लिएका हुन् ? मन्त्रीहरुमा ५ जना महिला छन् । काठमाडौबाट निर्वाचित ३ जना मन्त्री भएका छन् ।
कसलाई कुन मन्त्रालय ?
बालेन्द्र शाह : प्रधानमन्त्री, रक्षा,उद्योगडा.स्वर्णिम वाग्ले : अर्थमन्त्री
सुधन गुरुङ : गृहमन्त्री
शिशिर खनाल : परराष्ट्रमन्त्री
सुनिल लम्साल : भौतिक पूर्वाधार तथा यातायातमन्त्री
विराजभक्त श्रेष्ठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
गणेश पौडेल : पर्यटन तथा नागरिक उड्डयनमन्त्री
सस्मित पोखरेल : शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री
निशा मेहता : स्वाथ तथा जनसङ्ख्या र खानेपानीमन्त्री
डा। विक्रम तिमल्सिना : सञ्चार तथा सूचना प्रविधिमन्त्री
प्रतिभा रावल : भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री,
सोविता गौतम : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री
गीता चौधरी : कृषि तथा पशुपक्षी विकास तथा वन वातावरणमन्त्री
दीपक साह : श्रम, रोजगार मन्त्री
सीता वादी : महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री