बालेन्द्र शाह( बालेन) मुलुकको प्रधानमन्त्रीमा नियुक्त
१५ सदस्य मन्त्रीमण्डल, गुहमन्त्रीमा सुधन गुरुङ्ग
काठमाडौँ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ (१) अनुसार शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीले १५ सदस्यीय मन्त्रीमण्डल बनाएका छन् । जसमा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र गृहमन्त्रीमा सुधन गुरुङ्ग नियुक्त भएका छन् । जेनजि आन्दोलनमा चर्चित गुरुङ्ख गोरखा १ बाट रास्वपाबाट निर्वाचित हुन् । गुरुङ्गको गृहमन्त्रीमा नियुक्त हुने कुरा एकाएक आएको हो । रास्वपाको
राजनीतिक वृतमा गुरुङ्गको नाम खास चर्चामा थिएन ।

शाह नेपालको राजनीतिमा ३६ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री बनेका हुन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा गरेर राजनीतिमा आएका शाह तीन महिना अघि रास्वपासँग जोडिएका हुन् ।
भदौं २३, २४ को जेनजि अभियान र विध्वशंको पृष्ठभूमिमा फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा मुलुकको सबै भन्दा ठूलो, लगभग दुईतीहाई बहुमतको पार्टी बनको थियो । निर्वाचन अगाडिनै प्रधानमन्त्रीको उमेदवार घोषित बालेन शाह झापा ५ बाट एमाले अध्यक्ष केपि शर्मा ओलीलाई पराजित बनाउँदै ठूलो मतान्तर सहित विजयी भएका हुन् ।
रास्वपाले औपचारिकरुपमा बिहिबार संसदीय दलको नेता चुनेको हो ।
