काठमाडौं ११ फागुन।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिए । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा शपथ लिएका हुन् ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसदहरु मध्ये जेष्ठ केसीले प्रारम्भमा आफूले राष्ट्रपतिबाट सपथ लिने र त्यसपछि बाँकी सदस्यहरुलाई केसीले सपथ गराउने संसदीय कानूनको व्यवस्था छ । ७८ वर्षिय केसी कांग्रेसका सांसद हुन् । उनी कांग्रेसका २० जना समानुपातिक मध्येका हुन् । केसीले बिहिबार संसदमा अन्य सदस्यहरुको सपथ गराउने कार्यक्रम छ । प्रतिनिधिसभामा प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी कूल २७५ सांसद हुन्छन् ।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।