हर्मुज सुचारु गर्न खाडीका प्रमुख निकायका र युरोपेली परिषदसँग समन्वय भईरहेको छ : महासचिव गुटेरेस
न्युयोर्क, ७ चैत । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न र होर्मुजको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्ने हरेक प्रयासमा संयुक्त राष्ट्रसङ्घ सहयोग गर्न तयार रहेको बताएक छन् ।
उनले संयुक्त राष्ट्र सङ्घले यस अघि “ब्ल्याक सी” मा सुरक्षा सुनिश्चि गरी अवस्था सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको परिणाम स्वरुप सन् २०२२ जुलाईमा सुरु हुने मानवीय कोरिडोर मार्फत युक्रेनी निर्यातलाई सक्षम बनाएको उल्लेख गरेका छन् ।
गुटेरेसले हर्मुजको जल क्षेत्रमा सहज निर्यातको अवस्था सिर्जना गर्ने मुख्य उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घले हाल खाडीका प्रमुख निकायका साथै युरोपेली परिषदसँग समन्वय गरिरहेको बताए। उनले यस सन्दर्भमा संयुक्त राष्ट्र सहयोग गर्न इच्छुक र तत्पर रहेको जनाउँदै यस्ता प्रयास व्यवस्थापन गर्न संयुक्त राज्य अमेरिका र अन्य साझेदारसँगको प्रत्यक्ष सहकार्यमा सक्रिय रहने पुष्टि गरेका छन् छ ।
