राष्ट्रपति पौडेल अश्वकलाको अवलोकनमा सहभागी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पाैडेलसहित नेपाली सेनाद्धारा घोडेजात्रा २०८२ का अवसरमा बुधबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी भए । साे अवसरमा नेपाली सेनाले उनकाे सम्मानमा सलामी अर्पण गरेकाे थियाे ।
समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वरा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे। सो अवसरमा घोडा दौड़, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।चैत्र कृष्ण औंसी तिथिका अवसरमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ ।
तस्बिर : सुर्यचन्द्र बस्नेत, राष्ट्रपति कार्यालय
घोडेजात्राका केही तस्बिर




