काठमाडौं ३ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनमा दुःख व्यक्त गरेका छन् । पौडेलले मङगलबार पूर्व प्रधानमन्त्री ओलीको निवास भक्तपुर गुण्डु पुगेर उनका पिता मोहनप्रसादको निधनमा दुःख व्यक्त गरका हुन् ।

सो क्रममा राष्ट्रपति पौडेलले स्वर्गीय मोहनप्रसादको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे । साथै,पौडेलले पूर्व प्रधानमन्त्री ओलीसहित शोकाकुल परिवारजन, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका छन्।

तस्बिर : सुर्यचन्द्र बस्नेत, रास्ट्रपति कार्यालय