चार उदेश्यमा सांसदलाई तालिम दिदैं रास्वपा, बालेन छैनन् कार्यक्रममा
सांसद अभिमुखीकरण कार्यक्रममा भावि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को उपस्थिति, भूमिकाबारे केही उल्लेख छैन । बालेन सहभागि नभएका हुन् वा अन्य कारण ? स्पष्ष्ट छैन ।
काठमाडौं, ३ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रम सांसदहरुलाई प्रभावकारी भूमिका खेल्नसक्ने बनाउने तथा उनीहरुलाई संसदीय राजनीतिक पक्रिया, कानुन निर्माण, पार्टीको राजनीतिक दुष्टिकोण, उदेश्य र प्राथमिकताबारे जानकारी दिने रहेको छ ।
मंगलबार देखि प्रारम्भ भएको दुई दिने अभिमुखीकरणका विभिन्न ९ वटा सत्रमा बाँडिएको छ । अभिमुखीकरणका उदेश्य बारे रास्वपाले ४ बुँदामा स्पष्ट गरेको छ ।
१. नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रनिनिधिहरुको भूमिकाबारे स्पष्ट बुझाई प्रदान गर्नु ।
२.साांसदहरूलाई प्रभावकारी , उत्तरदायी र पररणाममुखि प्रतिनिधी बन्न सहयोग गर्नु ।
३.पार्टीको रणनीति , दृष्टिकोण र नीतिगत प्राथमिकता स्पष्ट गराउनु ।
४.सांसद, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्व्य कायम गर्न सक्षम बनाउनु ।
अभिमुखीकरण कार्यक्रममा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले उद्घाटन मन्तव्य Keynote Addresh दिने छन् । त्यस्तै अर्का उपसभापति डोलप्रसाद अर्यालले उद्घाटन मन्तव्य दिने भनिएको छ भने पार्टी सभापति रवि लामिछानेले को कार्यक्रम समापन गर्दे बुधबार पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता बारे मन्तव्य दिनेछन् । कार्यक्रमको उदेश्य माथि अरनिको पाण्डले प्रकाश पार्नेछन् भने पार्टीका विभिन्न ओहदाका जिम्मेवारहरुले विभिन्न सेसन संचालन गर्नेछन् ।कार्यक्रममा प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाह( बालेन)को सहभागिता, उपस्थिति र उनको भूमिकाबारे कुनै उल्लेख छैन ।
कार्यक्रममा पूर्व सचिवहरु सुरेश अधिकारी, तोयानाथ अधिकारी तथा आइटि विज्ञ डा. दोभान राईले प्रशिक्षण दिने उल्लेख छ ।
रास्वपाको कार्यक्रम
रास्वपा अभिमुखीकरण कार्यक्रम-फाइनल_
तस्बिर: News Agency Nepal
