निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिक लिस्ट, कुन पार्टीका को को परे ?
काठमाडौं, २ चैत । निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा विजयी सांसदहरुको नाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचनमा ६ वटा पार्टीहरुले राष्ट्रियस्तरको पार्टीको हैसियत प्राप्त गरेका थिए ।
प्रतिनिधिसभाको कूल २ सय ७५ सांसद मध्ये प्रत्यक्षबाट १६५ र समानुपातिक निर्वाचनबाट १ सय १० जना सांसद निर्वाचित हुने व्यवस्था छ । राजनीतिक पार्टीहरुले समानुपातिक निर्वाचनमा प्राप्त गरेको मतका आधारमा कति सांंसद पाउँने भन्ने हुन्छ । समानुपातिक निर्वाचनमा कूल खसेको मतको न्यूनतम ३ प्रतिशत मत ल्याउँने पार्टीको मात्र समानुपातिक सिटमा हक लाग्दछ ।
३ प्रतिशतको थ्रेसहोल्ड कटाउने पार्टीहरुमा राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कति पार्टी छन् । श्रम संस्कृति पार्टी पहिलो पटक निर्वाचनमा सहभागि भएको हो, ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सकेको हो । पार्टीहरुले निर्वाचन अघि बुझाएको समानुपातिको लिस्ट र प्राथमिकता अनुसार समानुपातिक सिद्धान्त अनुसार विभिन्न क्लस्टरहरु मिलाएर विजयी हुने सांसदहरुको नाम घोषणा गरिन्छ ।
१ सय १० सिट मध्ये सबै भन्दा धेरै रास्वपाका ५७ जना छन् । कांग्रेसका २०, एमालेका १६ , नेकपाका ९, राप्रपाका ४ र श्रम संस्कृति पार्टीका ४ सांसद छन् ।
पार्टी अनुसार निर्वाचित सांसदहरु ।
