रास्वपाको समानुपातिकमा अधिकांश महिला सांसद
काठमाडौं, १ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको तर्फबाट समानुपातिक सिटमा कुन कुन क्लस्टरबाट कतिजना हुने विवरण निर्वाचन आयोगलाई पठाउने निर्णय गरेको छ । प्रतिनिधिसभा चुनावमा सबै भन्दा घैरे सिट र समानुपातिकमा मत प्राप्त गरेको रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गरेको छ ।
रास्वपाले आयोगमा पठाउने विवरणमा ५७ मध्ये अधिकांश महिला ४८ महिला छन् भने ९ जना पुरुष रहेका छन् ।
बैंठकमा पार्टी सभापति रवि लामिछाने शसरिर उपस्थित हुन सकेनन् । उनी भर्चुअल तरिकाबाट बैंठकमा जोडिएको रास्वपाले जनाएको छ । लामिछाने केही दिन यता भाइरल ज्वरोको बिरामी छन् र घरमै औषधोपचार र आराम गरिरहेका छन् ।
बैठक पछि जारी विज्ञप्तिममा भनिएको छ ‘आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेको छ ।’
प्रत्येक क्लस्टरमा रास्वपाका यस प्रकार समानुपातिक सांसद हुनेछन् ।
खसआर्यबाट : १७ जना
आदीजनजाती : १६ जना
मधेशी : ९ जना
दलित : ८ जना
थारु : ४ जना
मुस्लिम : ३ जना
