एमालेले टुंग्यायो १६ समानुपातिक सांसद
काठमाडौं, ३० फागुन । नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुर गुण्डुमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिए ।
बैठकले क्लस्टरका आधारमा चुनेका सदस्य
आदीबासी जनजाति ४ जना
महिला
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य ५ जना
महिला
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष
गुरु प्रसाद बराल
पुष्पराज कंडेल
थारु १
कृपाराम राणा
दलित २ जना
महिला
विष्णुमाया वी.के.
नीता घटानी
मधेसी ३ जना
महिला
रिङ्ला यादव
यशोधा कुमारी यादव
पुरुष
चन्द्रेश्वर मण्डल
मुस्लिम
महिला
साजिदा सिद्दीकी
उपमहासचिव भट्टका अनुसार बैठकले पार्टी अध्यक्ष ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।ओलीका पिता मोहनप्रसादको शुक्रबार निधन भएको थियो । पार्टी अध्यक्ष ओली यतिखेर बाबुको शोकमा छन् ।
बैंठकले फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारको सिलसिलामा ज्यान गुर्माएका जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति बैठकले शोक एवं श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकको सुरुमा दिवंगत नेताहरूको सम्मानमा एक मिनेट मौन धारण गरेको थियो।
