काठमाडौं, २९ फागुन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान ३ बजे गठ्ठाघरस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा निधन भएको हो । केही दिन अघिदेखी ओली अस्वस्थ थिए । पार्टी अध्यक्ष ओलीको सचिवालयका अनुसार, मोहन प्रसादके पार्थीव शरिरलाई शुक्रबार बिहान ओली निवास गुण्डु लगिने र आजै अपराह्न अन्तिम संस्कार गरिने छ । लगिएको थियो । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।