डिजिटल कारोबारमा मोबाइल बैंकिङ्ग धैरै अगाडी
विद्युतीय कारोबारमा मोबाइल बैंकिङ्ग कारोबारको हिस्सा आधा भन्दा बढी छ ।
काठमाडौं, २९ फागुन ।
नेपाल राष्ट्र बैंकले प्रकाशीत गरेको पछिल्लो सात महिनाको विधुतीय कारोबार सम्बन्धी विवरणमा सबै भन्दा धेरै मोबाईल बैकिकको हिंस्ता छ । देशको वर्तमान आर्थिक तथा विक्तीय स्थिति नाम दिइएको असारदेखी माघ मसान्तसम्मको रिपोर्टमा डिजिटल बैंकिङ्गमा मोबाईल बैंकिङ्गको प्रधानता छ ।
सात महिनाबीचमा भएका १२ करोड ३३ लाख बढी विद्युतीय कारोबारमा मोबाइल बैंकिङ्ग कारोबारको हिस्सा आधा भन्दा बढी छ । मोबाइल बैंकिङ्गबाट ६ करोड ७३ लाख कारोवार भएको भने क्यूआर कोड कारोबार ४ करोड ६२ लाख र डेबिट कार्डबाट ९८ लाख मात्र कारोबार भएको छ ।
राष्ट्र बैकले मोबाइल बैंकिङ्गबाट ५५८ अर्व ५० करोड बढी कारोबार भएको जनाएको छ । त्यस्तै क्यूआर कोडबाट १२५ अर्ब २७ करोड बढी कारोबार भएको छ र डेविट कार्डबाट ७५ अर्ब ६० करोड भन्दा बढी कारोबार भएको जनाइएको छ ।
यो आँकडाले नेपालीहरु विद्युतीय कारोबारमा अध्यभ्य हुँदै गएको अजस्था छ भने मोबाइल बैंकिङ्ग कारोबारमा धेरै रुची देखिन्छ ।
